Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निरुताको टिकटक मोह !

फिल्मीखबर, काठमाडौं, 2020/05/29
 
युवापुस्तामाझ अधिक लोकप्रिय भिडियो शेयरिङ एप, टिकटकको लोकप्रियता विश्वव्यापी स्तरमा पुगिसकेको छ । जुनसुकै पेशामा आवद्ध भएका मानिसहरुमा यसको मोह बढ्दै गएको देख्न सकिन्छ । नेपाली फिल्म क्षेत्रका कलाकारहरु पनि यसबाट अछुतो रहन सकेका छैनन् । पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्डसम्मको आफ्नो भिडियो बनाएर टिकटकमा अपलोड गर्ने नेपाली कलाकारहरुको संख्या ठूलो छ । 
 
सिल्भर स्क्रिनका स्थापित कलाकारले टिकटकमा अभिनय गरेर आफूलाई सस्तो बनाएको टिप्पणी हुने गरेको भएता पनि यो लकडाउनको समयमा नेपाली सेलिब्रेटीलाई समय विताउन टिकटकले ठूलो सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) को त्रासका कारण फिल्म र म्यूजिक भिडियोको काम रोकिँदा फुर्सदिला बनेका नेपाली कलाकारलाई टिकटकले अभिनयको तलतल पनि मेटाइरहेको छ । 
 
वर्षा राउत, वर्षा सिवाकोटी, पूजा शर्मा, नीता ढुंगाना, केकी अधिकारी, प्रियंका कार्की, श्वेता खड्का, आँचल शर्मालगायत थुप्रै नेपाली सेलिब्रेटीले टिकटकमा आफ्नो अभिनय देखाउँदै आएका छन् । दशक अगाडि नेपाली फिल्ममा आफ्नो प्रभुत्व कायम गरेकी निरुता सिंह पनि टिकटकमा रमाउने अभिनेत्रीमा पर्छिन् । लकडाउनमा घरभन्दा बाहिर निस्कन नपाउँदा अहिले उनलाई समय विताउने भरपर्दो साथी नै टिकटक बनेको छ ।
 
परिवारसँग भारतको मुम्बईमा रहेकी उनले पहिला खासै टिकटकमा भिडियो बनाउने गरेकी थिइनन् । तर, विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारत सरकारले देश लकडाउन गरेपछि उनले टिकटकमा दैनिक रुपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्डको भिडियो बनाइरहेकी छन् । उनले बनाएका भिडियोलाई दर्शकहरुले पनि निकै मन पराएका छन् । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

TikTok TikTok TikTok ❤️🧡💛💚💙💜🖤❣️💕💞💓💗💖💝

A post shared by Niruta Singh (@neeruta_singh) on

अभिनेत्री निरुता सिंहलाई टिकटकमा २३ हजारले फलो गरेका छन् भने उनले तीन जनालाई मात्र पछ्याउने गरेकी छन् । निरुताले टिकटक एकाउन्टमा दैनिक अपलोड गरेको भिडियो हेर्दा उनलाई लकडाउनमा समय विताउन टिकटकले ठूलो सहयोग गरेको देखिन्छ । दर्शक भने उनलाई टिकटकमा नभइ ठूलो पर्दामा हेर्न आतुर छन् । उनी पछिल्लो पटक फिल्म ‘दाल भात तरकारी’ मा देखिएकी थिइन् ।