Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8635 - 8640 of 23762
एजेन्सी, मुम्बई, 2019-12-19, बिहिवार

बलिउडमा एउटा कहावत छ, ‘फिल्म कि भगवान भरोसाले चल्छ कि सलमान भरोसाले ।’ यो भन्नुको कारण हो, आजसम्म बलिउडमा सलमानले जति हिट फिल्म अरु अभिनेताले दिन सकेका छैनन् । उनै, सलमान तेस्रो पटक चुलबुल पान्डे बनेर आउँदैछन् । उनको प्रमुख भूमिका रहेको फिल्म ‘दबंग ३’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । फिल्मका निर्देशक प्रभु देवा हुन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-18, बुधवार

मार्सल आर्टका अन्तर्राष्ट्रिय खेलाडी तथा नेपाली फिल्म ‘गोर्खा रक्षक’ का निर्माता समेत रहेका सनी बीले निर्माण गरेको हलिउड फिल्म ‘फाइट अफ फ्यूरी’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर एक्सनले भरिएको छ । फिल्ममा सनी स्वयं प्रमुख भूमिकामा छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-18, बुधवार

गएको एक हप्तादेखि दार्जिलिङमा छायांकन भैरहेको फिल्म ‘चालबाज’ मा कलाकार भित्रने र बाहिरिने क्रम चलिरहेको छ । केही दिन अगाडि नव-अभिनेता अविनाश प्रधानले पारिवारिक कारण देखाउँदै फिल्म छाडेका थिए । उनको ठाउँमा निर्माण टिमले अभिनेता पुष्प खड्कालाई अनुबन्ध गर्‍यो । अविनाशपछि अभिनेत्री केकी अधिकारीले पनि फिल्म नगर्ने निर्णय लिएकी छन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-18, बुधवार

फिल्म निर्माता छविराज ओझाको चौथो श्रीमतीको रुपमा भित्रिएकी अभिनेत्री शिल्पा पोखरेल अहिले कुन अवस्थाबाट गुज्रिरहेकी छन्, त्यो उनीभन्दा बाहेक अरुले महशुस गर्न पनि गाह्रो छ । २०७३ साल असार २९ गते गुपचुप रुपमा निर्माता ओझासँग विवाह गरेकी उनले यस वर्षको असारमा श्रीमानविरुद्ध प्रहरीमा घरेलु हिंसाको उजुरी दिएपछि दुईको घर झगडा लुक्न सकेन ।

फिल्मीखबर, काठमाडौं, 2019-12-18, बुधवार

निर्माण अगावैदेखि स्टारकास्टका कारण चर्चामा रहेको यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘प्रेमगीत ३’ को गएको १० दिनदेखि हिमाल पारीको जिल्ला मनाङमा छायांकन भैरहेको छ । फिल्मको ४५ प्रतिशत छायांकन काठमाडौंको कीर्तिपुरमा भब्य सेट खडा गरेर खिचिएको थियो । इनडोर छायांकन पूरा भएपछि निर्माण टिम आउटडोर छायांकनका लागि मनाङ पुगेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-18, बुधवार

चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार केशव भट्टराई र वरिष्ठ कलाकार दीपक क्षेत्रीको दुई दिनको अन्तरमा भएको असामयिक निधनबाट फिल्म क्षेत्र शोकमग्न रहेको अवस्थामा फेरि एक दुःखद खबर प्राप्त भएको छ । वरिष्ठ हास्यकलाकार आनन्द थापाको गए राती ८० वर्षको उमेरमा निधन भएको छ । उनी विगत दुई वर्षदेखि प्यारालाइसिसबाट पीडित थिए । 

Results : 8635 - 8640 of 23762
Most Visited News (monthly)