Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(17 votes, avg 4.71/5.00)
Text size:-
+
-

हलीउड स्टाइलमा ‘गोर्खा वारियर'को टीजर

फिल्मीखबर, काठमाडौं, 2020/05/27
नेपाली फिल्म ‘गोर्खा वारियर'को टीजर सार्वजनिक गरिएको छ । केहि अन्तराष्ट्रिय शासकहरुले गोर्खा सैनिकको बारेमा भनेका भनाईहरु तथा विभिन्न गोर्खा रेजिमेन्टसले मानेका तथ्यहरु समेटेर टीजर रिलीज गरिएको छ ।
 
निर्देशक मिलन चाम्सले यो टीजरलाई ‘टेस्ट टीजर’ भनेका छन् । उनका अनुसार हलीउड फिल्महरुले यस प्रकारको टीजर बनाउने गरेको र आफुले पनि यस फिल्ममा सोही प्रयोग गरेको उनले बताए । यो टीजरमा देखिने दृश्यहरु केवल चलचित्रको थीम मात्र रहेको तर फिल्ममा भने नहुने मिलनले बताए ।
 
टीजरमा क्याप्टेन विजय लामा देखिएका छन् । उनिसँगै यस फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, माओत्से गुरुङ, कविता आले, रुपा पुन लगायतको अभिनय रहनेछ । कोरोना भाइरसको महामारी अन्त्यपछि छायांकन हुने यस फिल्ममा केहि हलिउड कलाकारको पनि अभिनय रहने बताईएको छ । यहि फिल्मबाट रितेश चाम्सले डेब्यु गर्नेछन् ।
 
यो फिल्म ५० प्रतिशत हलीउड प्राविधिक राखेर नेपाली र अंग्रेजी भाषामा बनाउने चाम्सले बताए । लण्डनमा १० हजार दर्शकका साथ वर्ल्ड प्रिमियर गरिने तयारी पनि रहेको उनले बताए । यूके, अफगानिस्तान र नेपालमा छायांकन हुने फिल्मको एक अभिनेत्रीको खोजी भैरहेको निर्माण पक्षले बताएको छ । लण्डन सिने आइ प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्मको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्म २०२१ मा विश्वभर प्रदर्शनमा ल्याइने तयारी रहेको छ ।

Most Visited News (monthly)