
गएको दुई हप्ताअघि पश्चिम रुकुममा भएको जातीय हिंसाको घटनालाई लिएर यतिबेला देश तातेको छ । प्रेमिका लिन साथीको समुहसहित पुगेका नवराज विकलाई केटी पक्षले निर्घात कुटपिट गरि भेरी नदिमा फालिदिएको घटनालाई धेरैले जातीय विभेदको कोणबाट हेरेका छन् । नवराज दलित भएकै कारण उक्त घटना घटेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भैरहेको छ ।

एक समयका सफल निर्देशक शोभित बस्नेतले एक करोडको लागतमा फिल्म स्टूडियो बनाइरहेका छन् । उनले थानकोटमा रहेको आफ्नै घरमा फिल्म स्टूडियो बनाइरहेका हुन् । पुरानो एक तल्लाको घरमा २ तल्ला थप गरेर फिल्म छायांकनका लागि स्टूडियो तयार पारिरहेको उनले बताए । लकडाउनको समय सदुपयोग गरेर अहिले स्टूडियोको काम भैरहेको उनी बताउँछन् ।

अभिनेत्री रेखा थापाका लागि विवाद र आलोचना नौलो होइन । दशक अगाडि फिल्ममा लगाउने छोटा पहिरनका कारण उनी निरन्तर आलोचित बन्ने गरेकी थिइन् । पछिल्लो समय भने विभिन्न विषयमा गर्ने टिप्पणीका कारण उनी विवादमा तानिरहेकी हुन्छिन् । मंगलवार फेसबुकमा रुकुममा घटेको घटनाको बारेमा आफ्नो भनाई राखेपछि उनी पुनः आलोचनाको पात्र बनेकी छन् ।

अभिनेता अमिताभ बच्चनले बलिउड इन्डस्ट्रीमा दशकदेखि राज गरिरहेका छन् । उनले कयौं सानदार फिल्ममा आफ्नो जीवन्त अभिनय पस्किएका छन् । तर, के तपाईंहरुलाई यो थाहा छ कि उनको करिअर उठाउने त्यो कुन फिल्म हो, जसले उनलाई बलिउडको ‘शहंशाह’ बनायो ? ११ मे १९७३ मा प्रदर्शन भएको फिल्म ‘जंजीर’ ले उनको करिअर रातारात चम्काएको थियो ।

पश्चिम रुकुममा भएको घटनालाई लिएर नेपाली फिल्मकर्मीहरुले आफ्नो भनाई राखिरहेका छन् । प्रेमिका (सुष्मा मल्ल ठकुरी) लाई लिन साथीको समुहसहित पुगेका नवराज विक र उनका साथीहरुलाई केटी पक्षले कुटपिट गरि हत्या गरेको घटनाको निन्दा गर्दै फिल्मकर्मीहरुले जातको आधारमा अपराधिक क्रियाकलाप गर्नेलाई कानुन बमोजिम सजाय हुनुपर्ने बताएका छन् ।

अभिनेत्री वर्षा राउत विरलै विवादमा तानिएकी छन् । गत वर्ष अष्ट्रेलियामा फिल्म ‘जात्रै जात्रा’ को प्रिमियरमा लगाएको पहिरनका कारण उनी ट्रोलको शिकार भएकी थिइन् । यसले उनलाई एक प्रकारको मानसिक तनाव दिए पनि श्रीमानको साथले चिन्तामुक्त भइन् । तर, यसपटक सीमा विवादको बारेमा दिएको अभिव्यक्ति उनका लागि कहिल्यै नविर्सने क्षण बन्न पुगेको छ ।

