Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कलाकार संघको भवनलाई बजेट विनियोजन

फिल्मीखबर, काठमाण्डौ, 2020/05/28

सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माणार्थ बजेट विनियोजन गरेको छ।

 

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ को अनुमानित आयव्याय प्रस्तुत गर्दै नेपाली फिल्म निर्माण गर्न प्रोत्साहन, कलाकार संघको भवन निर्माण, मौलिक फिल्म निर्माण, देशैभर छायांकन स्थल लगायतका शीर्षकमा आवश्यक बजेट व्यवस्था गरेको घोषणा गरेका छन्।

 

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सरकारले बजेटमा कलाकार संघलाई समेटेकोमा खुसी व्यक्त गरे। ‘सरकारले हामी भवन बिहीन भएको महसुस गरेर बजेट विनियोजन गरेको छ। सरकार प्रति सम्पूर्ण नेपाली कलाकारहरू आभारी छौं’, खड्काले भने।

 

 

Most Visited News (monthly)