
अभिनेता सलमान खान स्टारर फिल्म ‘दबंग ३’ ले प्रदर्शनको ५ दिनमा सय करोडको आँकडा पार गरेको छ । कमजोर ओपनिङ गरेको फिल्मले पहिलो दिन बक्सअफिसमा २४ करोड ५० लाख, दोस्रो दिन २४ करोड ७५ लाख, तेस्रो दिन ३१ करोड ९० लाख र चौथो दिन १० करोड ७० लाख छापेको थियो । फिल्मले पाँचौ दिन १२ करोड कमाउँदै सय करोडमा नाम लेखाएको हो ।

सम्भवतः ‘चपली हाइट’ यौन मनोविज्ञानमा आधारित भएर निर्माण भएको पहिलो नेपाली फिल्म हो । त्यसअघि नेपालमा यो जनराका फिल्म बनेका थिएनन् । रुनाधोना, एक्सन र लभस्टोरी फिल्मकै बोलबाला थियो । एकैखाले फिल्म हेरेर आजित भएका दर्शकलाई नयाँ स्वाद दिन निर्माता अर्जुन कुमारले ‘चपली हाइट’ बनाए । र, फिल्मबाट अभिनेत्री विनिता बरालले डेब्यू गरिन् ।

गत वर्षको फिल्म ‘रणवीर’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, सुपुष्पा भट्ट । यो फिल्मले बक्सअफिसमा घुँडा टेके पनि उनको अभिनय र सुन्दरता भने निकै रुचाइयो । फिल्म रिलिज अगाडिसम्म उनी अभिनेत्री शुवेक्क्षा खड्काको छाँयामा पर्ने अनुमान गरिएको थियो । तर, नतिजा भने अनुमान विपरित आयो । शुवेक्क्षाभन्दा भूमिका छोटो भए पनि तारिफ सुपुष्पाको भयो ।

अभिनेता विपिन कार्की फिल्म छनोटमा चुजी मानिन्छन् । उनलाई फिल्ममा साइन गराउन मेकरलाई ठूलो संघर्ष गर्नुपर्छ । स्क्रिप्ट र आफ्नो भूमिका राम्रो नलागेसम्म उनी फिल्ममा हात हाल्दैनन् । हरेक फिल्ममा भिन्न चरित्र र जुनसुकै भूमिकामा जीवन्त अभिनय गर्ने अभिनेताको पहिचान बनाएका उनलाई अझै पनि धेरैले असली नामभन्दा फिल्ममा निभाएको पात्रमार्फत चिन्ने गर्दछन् ।

अभिनेत्री दीपिका पादुकोणको बहुप्रतिक्षीत फिल्म ‘छपाक’ रिलिज अगावै कानुनी झमेलामा फस्ने देखिएको छ । लेखक राकेश भारतीले ‘छपाक’ लाई लिएर बम्बे हाई कोर्टमा मुद्धा दर्ता गरेका छन् । उनले यो फिल्मको कहानी आफूले लेखेको दाबी गरेका छन् । सबैभन्दा अगाडि यो फिल्मको स्क्रिप्टको बारेमा आफूले सोचेको र जसको नाम ‘काला दिन’ राखिएको उनी बताउँछन् ।

गएको चार वर्ष अगाडि प्रदर्शनमा आएको अभिनेता रमित ढुंगाना निर्मित तथा अभिनीत फिल्म ‘बुद्ध वर्न इन नेपाल’ को सोमबार विशेष शो आयोजना गरिएको छ । एसिड पीडित मुस्कान खातुनको सहयोगार्थ ‘लाइन्स क्लब अफ काठमाण्डौ’ ले काठमाडौंको बिग मुभिजमा आयोजना गरेको फिल्मको विशेष शोमा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल उपस्थित थिए ।

