
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले देश लकडाउन गरेको पनि २ महिना वितिसकेको छ । तर, अझै लकडाउन खुल्ने कुनै संकेत देखिएको छैन । दिन दुई गुना, रात चौगुना फैलिरहेको संक्रमणका कारण लकडाउन तत्काल खुल्ने सम्भावना न्यून छ । यद्यपि, मानिस रोगले भन्दा भोकले मर्ने अवस्था आएपछि सरकारले लकडाउन केही खुकुलो भने बनाएको छ ।

स-परिवारसहित गएको चार दिनअघि कोरोना भाइरसका कारण जारी बन्दाबन्दीका बीच भारतबाट नेपाल आएकी अभिनेत्री मनिषा कोइरालाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अहिले राजधानीको एक होटलमा क्वारेन्टाइनमा बसेकी उनले आफू र परिवारको कोरोना परिक्षण गराएकी थिइन् । परिक्षणमा उनीसहित परिवारको रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त छ ।

देश गएको २ महिनादेखि लकडाउनमा छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले लकडाउनको घोषणा गरेपछि आम मानिस घरको चार कुनाभित्र दैनिकी विताउन बाध्य छन् । बिहीवारबाट लकडाउन केही खुकुलो भए पनि मानिसहरु कोरोनाको त्रासका कारण घरबाट बाहिर निस्कन डराइरहेको अवस्था छ ।

सुपरस्टार अक्षय कुमारलाई गएको केही वर्षयता हिट मेशिन भन्ने गरिएको छ । उनका हरेक फिल्म ब्लकबस्टर हुने प्रदर्शनभन्दा अगाडि नै तय हुन्छ । उनका फिल्मले प्रदर्शनभन्दा अगाडि नै सफलताको कहानी लेख्न सुरु गर्छन् । यो सफलताको पछाडि उनको २५ वर्षको बेजोड मेहेनत छ । यही विश्वसनियताका कारण निर्माताले उनलाई महँगो पारिश्रमिक तिर्ने गरेका छन् ।

तीन दशकदेखि फिल्म क्षेत्रमा सक्रिय निर्देशक दयाराम दाहाल नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । नेकपा निकट मानिने उनलाई बिहीवार बसेको मन्त्रीपरिषद्को बैठकले ६ महिनादेखि रिक्त रहेको बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । अब उनले बोर्डमा २ वर्ष विताउनेछन् । उनी वर्तमान बोर्डका सदस्य समेत हुन् ।

फिल्म निर्देशक, गीतकार तथा निर्माता दयाराम दाहाल नेपाली चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका छन् । केशव भट्टराईको असामयिक निधनपछि रिक्त रहेको बोर्ड अध्यक्षमा बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले निर्देशक दाहाललाई २ वर्षका लागि नियुक्त गरेको हो । उनी वर्तमान चलचित्र विकास बोर्डका सदस्य समेत हुन् ।

