Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8587 - 8592 of 23763
फिल्मीखबर, काठमाण्डौ, 2019-12-29, आईतवार

एक समय नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका चकलेटी अभिनेता राजबल्लभ कोइराला बैबाहिक जीवनमा बाँधिएको दुई वर्षपछि पिता बन्न लागेका छन् । आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर साझेदार गर्दै उनले आफू पिता बन्न लागेकोमा खुसी व्यक्त गरेका छन् । साथै, उनले आफू छोरीको पिता बन्न लागेको पनि जानकारी दिएका छन् । 

एजेन्सी, मुम्बई, 2019-12-29, आईतवार

साउथ सुपरस्टार किच्चा सुदीपले हाल प्रदर्शनरत बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ मा भिलेनको भूमिका निभाएका छन् । यो फिल्ममा उनी बलीको भूमिकामा छन्, जसका कारण सलमान उर्फ चुलबुल पान्डेको जिन्दगी बदलिन्छ । फिल्ममा उनको भूमिका र अभिनयलाई दर्शकले निकै रुचाएका छन् । तर, फिल्मले भने बक्सअफिसमा कमाल गर्न सकेन । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-29, आईतवार

‘मिस नेपाल’ का ताजधारी सुन्दरीहरु प्रायः ग्ल्यामर फिल्ड (फिल्म) मा आबद्ध छन् । प्रथम ‘मिस नेपाल’ रुबी राणादेखि उषा खड्गी, मलिना जोशी, सृष्टि श्रेष्ठ, जेनिशा मोक्तान, माल्भिका सुब्बा, झरना बज्राचार्य, निकिता चाण्डकसम्मले नेपाली फिल्ममा आफ्नो उपस्थिति जनाइसकेका छन् । ‘मिस नेपाल’ को विजेता भएपछि निर्माता/निर्देशकहरु फिल्मको अफर गर्न पुगिहाल्छन् ।

फिल्मीखबर, काठमाडौं, 2019-12-29, आईतवार

नेपालमा इन्टरनेटको पहुँच बढेसँगै अहिले हलमा महँगो टिकट काटेर नेपाली फिल्म हेर्ने दर्शकको संख्यामा कमी आउँदै गएको छ । हलमा रिलिज भएको ३ महिनादेखि ६ महिनाभित्र यूट्युबमै फिल्म रिलिज हुने हुँँदा दर्शक हलमा गएर २ घण्टा विताउन झर्को मान्छन् । हलमा भन्दा यूट्युबमा फिल्मको प्रतिक्षा गर्ने दर्शकको संख्या बढ्दा त्यसले हलको व्यापारमा ठूलो असर गरेको छ । 

फिल्मीखबर, काठमाडौं, 2019-12-29, आईतवार

अभिनेता सौगात मल्ल अहिलेका डिमान्डेड अभिनेतामध्ये एक हुन् । लगातार फिल्म असफल भइरहे पनि उनलाई फिल्ममा लिन निर्माताबीच केही वर्ष अगाडिसम्म जस्तो हानाथाप हुन्थ्यो त्यो अहिले पनि कायमै  छ । संख्यात्मक अभिनयमा जोड दिँदा छोटो समयमै लोभलाग्दो क्रेज गुमाएका सालिन स्वभावका यी हिरो पछिल्लो पटक फिल्म ‘माछा माछा’ मा देखिएका थिए । 

एजेन्सी, मुम्बई, 2019-12-28, शनिवार

बलिउड सुपरस्टार अक्षय कुमार र करीना कपूर स्टारर फिल्म ‘गुड न्यूज’ शुक्रबारबाट विश्वभर एकसाथ प्रदर्शनमा आएको छ । फिल्मलाई दर्शक र समीक्षकले निकै रुचाएका छन् । बक्सअफिसमा पनि फिल्मले सानदार ओपनिङ गर्न सफल भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गरेको छ । 

Results : 8587 - 8592 of 23763
Most Visited News (monthly)