Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8599 - 8604 of 24024
फिल्मीखबर, काठमाडौं, 2020-02-21, शुक्रवार
शिवरात्रीको अवसर पारी नयाँ फिल्म ‘प्रेम पुजा’को पोस्टर रिलीज भएको छ । अमरदीप सापकोटाले निर्देशन गर्ने यस फिल्ममा मूख्य भूमिकामा रहने अभिनेता भने खुलाईएको छैन ।
एजेन्सी, मुम्बई, 2020-02-20, बिहिवार

प्रणय दिवसको अवसरमा साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘वल्ड फेमस लभर’ प्रदर्शनमा आएको छ । तर, फिल्मलाई समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया मिलेको छैन । यसबीच, अभिनेता विजय नयाँ फिल्ममा व्यस्त भएका छन् । अब, उनी निर्देशक पुरी जगन्नाधको फिल्ममा देखिँदैछन् । फिल्ममा बलिउड अभिनेत्री अनन्या पाण्डे उनको अपोजिटमा हुनेछिन् । 

फिल्मीखबर, काठमाडौं, 2020-02-20, बिहिवार

एक समयका नेपाली फिल्मका बलशाली अभिनेता हुन्, विराज भट्ट । एक्सन फिल्ममा अभिनेता निखिल उप्रेतीको एकलौटी रगजग हुँदा नेपाली फिल्ममा प्रवेश गरेका उनले एकसेएक हिट फिल्म दिएका छन् । दशक अगाडि उनको टाउको पोस्टरमा राखेको भरमा फिल्मका निर्माताले बोराका बोरा पैसा बटुल्थे । तर, नेपाली फिल्ममा राम्रो माग हुँदाहुँदै उनी भोजपुरी फिल्मतिर हानिए ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-20, बिहिवार

यही शुक्रवारबाट यस वर्षको प्रतिक्षीत फिल्ममध्ये एक ‘आमा’ प्रदर्शन हुँदैछ । ‘पशुपति प्रसाद’ जस्तो यादगार फिल्म दिएका दीपेन्द्र के. खनालले निर्देशन गरेका कारण यो फिल्ममाथि अपेक्षा उच्च छ । ट्रेलरले राम्रो हाइप निर्माण गरेको फिल्ममा अभिनेत्री द्वय मिथिला शर्मा र सुरक्षा पन्त प्रमुख भूमिकामा छन् । यसमा उनीहरुले आमा-छोरीको भूमिका निर्वाहा गरेका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-20, बिहिवार

नेपाली फिल्ममा सजिलै बिक्ने भनेको आँशु हो । फिल्मका दृश्यले दर्शकको आँखाबाट आँशु झार्न सक्यो भने फिल्मलाई सफलताको श्रेणीमा राखिन्छ । दशक अगाडि स्वर्गीय शिव रेग्मी दर्शक रुवाउने दृश्य बुन्न सिपालु मानिन्थे । उनका फिल्म हेरेर नरुने दर्शक छैनन् । त्यसैले पनि उनका फिल्महरु सफल छन् । कुनै समय उनका फिल्म हेर्न रुमाल बोकेर जानु पर्छ भनिथ्यो । 

फिल्मीखबर, क्यालिफोर्निया, 2020-02-20, बिहिवार

अल्पायुमै असमाहिक निधन हुँदा कलाकार तथा निर्माता भट्टराईकी श्रीमती र छोरामा मानसिक पीडासँगै आर्थिक पीडा पनि आईलागेको छ। बर्षौंदेखि फिल्म क्षेत्रमा आफ्नो योगदान दिंदै आएका भट्टराईले आफ्नो परिवारलाई निकै नै गर्हौं ऋणको भार छोडेर गएका छन् जुन तिर्न सक्ने अवस्थामा परिवार छैन।

Results : 8599 - 8604 of 24024
Most Visited News (monthly)