Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8593 - 8598 of 23763
फिल्मीखबर, काठमाडौं, 2019-12-28, शनिवार

अभिनेत्री रेखा थापाको एकछत्र राज तोड्दै नेपाली फिल्ममा जबरजस्त रुपमा प्रवेश गरेकी प्रियंका कार्कीलाई केही वर्ष अगाडिसम्म ‘नम्बर वान अभिनेत्री’ भन्ने गरिन्थ्यो । मेकरहरु उनलाई फिल्ममा लिन हानाथाप गर्थे । आफ्नो राम्रो क्रेज भएको बेला उनले थुप्रै फिल्ममा अभिनय गरिन् । तर, गुणस्तरिय फिल्ममा ध्यान नदिँदा उनले आफ्नो क्रेज लामो समय बचाइराख्न सकिनन् । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-28, शनिवार

गएको १५ दिनदेखि मनाङको माइनस डिग्री चिसोमा छायांकन भैरहेको फिल्म ‘प्रेमगीत ३’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । फिल्मका प्रमुख कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ र मनिष राउतको क्यारेक्टर पोस्टर सार्वजनिक गरिसकेको निर्माण टिमले शुक्रबार ‘राते काइँला’ को रुपमा परिचित सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । 

फिल्मीखबर, काठमाण्डौ, 2019-12-27, शुक्रवार

गएको कात्तिक ८ गतेबाट देशव्यापी प्रदर्शनमा आएको शिशिर राणा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’ को सेयरलाई लिएर वितरक द्वय गोपालकाजी कायस्थ र करण श्रेष्ठबीच लफडा भएको छ । वितरक कायस्थले आफूलाई जानकारी नै नगराइ करणले हलबाट पैसा उठाएको भन्दै नेपाल चलचित्र संघ र चलचित्र निर्माता संघको संयुक्त कार्यदलमा बिहीबार निवेदन दिएका छन् । 

एजेन्सी, मुम्बई, 2019-12-27, शुक्रवार

गएको शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘दबंग’ को तेस्रो सिरिजले बक्सअफिसमा सुखद व्यापार गरिरहँदा शुक्रबार बलिउड सुपरस्टार सलमान खानले आफ्नो ५४ औं जन्मदिन सेलिव्रेट गर्दैछन् । उनको जन्म २७ डिसेम्बर १९६५ मा इन्दौरको कल्याणमल नर्सिङमा बिहान १० बजेर ४५ मिनेटमा भएको थियो । उनको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो । 

फिल्मीखबर, काठमाडौं, 2019-12-27, शुक्रवार

फिल्म वितरक, हल सञ्चालक तथा फिल्म निर्माता गोपालकाजी कायस्थले नेपाल भाषाको फिल्म निर्माण गर्ने गरेका छन् । उनको निर्माण रहने नेपाल भाषाको फिल्म ‘छंगु जिगु माया रतन’ को बिहीबार साँझ राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । सुखावती मल्टी प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो फिल्मलाई सुरेन्द्र तुलाधरले निर्देशन गर्दैछन् । कथा पनि उनकै हो ।

फिल्मीखबर, काठमाण्डौ, 2019-12-27, शुक्रवार

केही नेपाली फिल्ममेकर यस्ता छन्, जो फिल्म रिलिज अगाडिसम्म कलाकारको लुक्स र भूमिका बाहिर ल्याउँदैनन् । सुटिङ सेटबाटै यी सबै कुरा सार्वजनिक गर्दा रिलिजको बेलासम्म दर्शकमा फिल्मप्रति चासो नरहने उनीहरुको बुझाइ छ । जुन एक हदसम्म सही पनि हो । छायांकन सेटबाटै कलाकारको लुक्स र भूमिका सार्वजनिक गर्दा दर्शकलाई हलसम्म जाने जाँगर नै मर्छ ।

Results : 8593 - 8598 of 23763
Most Visited News (monthly)