Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8611 - 8616 of 24295
फिल्मीखबर, काठमाडौं, 2020-06-10, बुधवार

भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको कैलाश मानसरोवर जाने बाटो बनाएपछि देशका हरेक नागरिकले अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारलाई चर्को दबाब दिइरहेका छन् । सरकारले पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा समाविष्ट नयाँ नक्सा जारी गरिसकेको छ । तर, नेपालले जारी गरेको नयाँ नक्सा भारतले स्वीकार गरेको अवस्था छैन । 

फिल्मीखबर, काठमाडौं, 2020-06-09, मंगलवार

कोरोना भाइरसको त्राससँगै नेपाली फिल्म क्षेत्रमा कुनै पनि प्रकारका गतिविधि भएका छैनन् । लकडाउनका कारण ३ महिनादेखि सिनेमा हल बन्द हुँदा प्रदर्शनको तयारीमा रहेका फिल्म कम्प्यूटरको हार्डडिक्समै थन्किएका छन् । फ्लोरमा जाने सुरसारमा रहेका र फ्लोरमा रहेका फिल्म अनिश्चितकालका लागि रोकिएका छन् । यो अवस्था अझै कहिलेसम्म हुने हो निश्चित छैन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-06-09, मंगलवार

नेपाली फिल्मकी अभिनेत्री निरिषा बस्नेतमा कोरोना संक्रमण देखिएको छ । बलिउड प्रवेशका लागि लामो समयदेखि भारतको मुम्बईमा बसेर संघर्षरत उनले छाति दुख्न थालेपछि कोरोनाको परिक्षण गराएकी थिइन् । पीसीआर परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो । उनले इन्स्टाग्राममार्फत् आफूमा कोरोना देखिएको र चिकित्सकको निगरानीमा रहेको बताएकी छन् । 

एजेन्सी, मुम्बई, 2020-06-09, मंगलवार

अभिनेत्री जाह्नवी कपूर अभिनीत दोस्रो फिल्म ‘गुञ्जन सक्सेनाः द कारगिल गर्ल’ नेटफ्लिक्समा रिलिज हुने भएको छ । लकडाउनका कारण सिनेमा घर बन्द भएपछि निर्माताले ओटीटी प्ल्याटफर्ममा फिल्म रिलिज गर्ने निर्णय लिएका हुन् । सोसल मिडियामा फिल्मको एक पोस्टर साझेदार गर्दै जाह्नवीले चाँडै नेटफ्लिक्समा फिल्म रिलिज हुन लागेको जानकारी दिएकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2020-06-09, मंगलवार

नेपाली फिल्मका सुपरस्टार राजेश हमाल आज (मंगलवार) बाट ५६ वर्षमा लागेका छन् । ९ जुन, १९६४ मा पाल्पाको तानसेनमा पिता चुडा बहादुर हमाल र माता रेनु हमालको कोखबाट जन्मिएका उनलाई सामाजिक सञ्जालमा फिल्मकर्मी तथा शुभचिन्तकहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । उनले यसपटक आफ्नो जन्मदिन परिवारसँग मनाउँदैछन् । 

Results : 8611 - 8616 of 24295