
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कोरोना भाइरसले थिलथिलो बनाएको फिल्म क्षेत्रलाई सरकारले खासै सम्बोधन गर्न सकेन । सातै प्रदेशमा छायांकन स्थल बनाउने, मौलिक फिल्मलाई प्रोत्साहित गर्ने र कलाकार संघको भवनलाई आर्थिक सहयोग गर्ने घोषणा गरिए पनि कोरोनाले संकटको अवस्थामा पुगेको फिल्म क्षेत्रलाई चलायमान बनाउने कुनै विषय बजेटमा समेटिएनन् ।

नेपाली फिल्मका चम्किला नक्षत्र दीपक क्षेत्रीले यो संसारबाट विदा लिएको ६ महिना वितेको छ । सयभन्दा बढी फिल्ममा जीवन्त अभिनय गरेर दर्शकको मनमा बसेका उनी आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । उनको निधन हुँदा श्रीमती विपना बस्नेत (नक्कली हिसिला यमी) छोरीसँग मलेशियामा थिइन् । उनी स्वदेश फर्किएपछि कलाकार क्षेत्रीको अन्त्येष्टि गरिएको थियो ।

२०७३ सालमा निर्माण घोषणा गरिएको फिल्म हो, ‘हिरो रिटर्न्स’ । अभिनेत्री रेखा थापाको डेब्यू फिल्म ‘हिरो’ नामको पछाडि रिटर्न्स जोडेर निर्माण भएको यो फिल्म अझैसम्म हलमा प्रदर्शन हुन सकेको छैन । निर्माणको चार वर्षमा फिल्मको थुप्रै पटक प्रदर्शन मिति तोकियो । तर, विभिन्न कारणले हलमा लाग्न सकेन । फिल्मको ट्रेलरदेखि गीतसम्म यूट्युबमा सार्वजनिक भैसकेका छन् ।

अनलाइन पत्रकारीताको क्षेत्रमा नयाँ आयाम बनेर आएको फिल्मीखबर डटकम आजबाट १२औं वर्षमा प्रवेश गरेको छ । नेपाली फिल्म उद्योगको प्रर्वद्धनमा निरन्तर यात्रारत यस अनलाइनमा २०६६ साल जेष्ठ २६ गतेबाट औपचारिक रूपमा समाचार सम्प्रेषण हुन थालेको थियो । फिल्मीखबरले ११ वर्षे यात्रामा फिल्मकर्मी र पाठकको विश्वास जित्न सफल भएको छ ।

अभिनेत्री कटरीना कैफ र अभिनेता रणवीर सिंह पहिलो पटक काँचको पर्दामा एकसाथ देखिने भएका छन् । अनटाइटल प्रोजेक्टको जोया अख्तरले निर्देशन गर्दैछिन् । यो फिल्म गर्न रणवीरले स्वीकृति जनाइसकेका छन् । फिल्ममा कटरीना ‘गल्ली ब्वाई’ स्टारको अपोजिटमा देखिनेछन् । यो फिल्म एक ग्यांगस्टर ड्रामा हुनेछ । यसमा दुवैको चरित्र इन्ट्रेस्टिङ हुने बताइएको छ ।

कोरोना भाइरसका कारण देश लकडाउन भएपछि आम सर्वसाधारणझैँ सेलिब्रेटीहरुको दैनिकी पनि घरभित्रै वितिरहेको छ । लकडाउनअघि विरलै घर बस्न पाएका कलाकारहरु २ महिनादेखि घरभित्रै नजरबन्द हुनुपर्दा वाक्कदिक्क भएका छन् । कति लकडाउनको समयलाई सदुपयोग गर्दै भान्सा झिरेर पाककला सिकिरहेका छन् भने कतिले सामाजिक कार्य पनि गरिरहेका छन् ।

