
बलिउड सुपरस्टार ज्याकी श्राफलाई नेपाली मुलकी बलिउड अभिनेत्री मनिषा कोइरालाले नेपाली ढाकाटोपी लगाइदिएकी छन् । ज्याकी श्राफ नेपाली ढाकाटोपीमा ठाटिएको तस्विर मनिषाले ट्वीटर र इन्स्टाग्राममा पोस्ट्याएकी छन् । महाराष्ट्रको एक फार्ममा उनीहरुको भेट भएको हो । मनिषाले सामाजिक सञ्जालमा शेयर गरेको तस्विरमा उनको माता-पितालाई पनि देख्न सकिन्छ ।

गएको २ वर्षदेखि हुन नसकेको ‘नेफ्टा फिल्म अवार्ड’ को दशौं संस्करण नेपालमै हुने भएको छ । यसअघि यो फिल्म अवार्ड विदेशमा आयोजना हुँदै आएको थियो । नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा हुन लागेको दशौं संस्करण भने काठमाडौंको मुटु टुँडिखेलमा हुन लागेको हो । सोमबार राजधानीमा एक कार्यक्रमका बीच अवार्डको बारेमा जानकारी गराइयो ।

‘रेशम फिलिली’ मा हरियाको भूमिकामार्फत चर्चामा आएका कामेश्वर चौरासियाको केही समय अगाडिसम्म नेपाली फिल्ममा चर्को डिमान्ड थियो । सहायक चरित्र र नकारात्मक भूमिकामा उनलाई लिन निर्माताबीच हानाथाप हुन्थ्यो । तर, आफ्नो चर्को माग हुँदा उनले निर्मातासँग कि ‘लिड क्यारेक्टर’ कि मोटो पारिश्रमिक माग्न थाले । जुन उनकै करिअरका लागि घातक सावित भयो ।

अभिनेत्री विद्या बालन आफ्नो फिल्मका लागि बलिउडका पुरुष कलाकार, विशेषगरि तीन खान सलमान, शाहरुख र आमिरको फिल्मभन्दा ठूलो ओपनिङ चाहन्छिन् । साथै, उनले अहिले बलिउडमा अभिनेत्रीहरुलाई जसरी पर्दामा पेश गरिएको छ त्यो निकै रोचक रहेको बताएकी छन् । उनले हाँस्दै अगाडि भनिन्, ‘मलाई तीन खानभन्दा ठूलो ओपनिङ चाहिएको छ ।’

नेपाली फिल्मकर्मीको बोलीमा दर्शकले रत्ति विश्वास गर्दैनन् । यो अवस्था सृजना हुनुको जिम्मेवार उनीहरु स्वयं हुन् । बोलेको कुरा पूरा गर्न नसकेका कारण नै उनीहरुप्रति दर्शकको अविश्वास बढेको हो । फिल्म क्षेत्रमा कामभन्दा कुरा बढी हुने गर्छ । ओझेलमा नपरियोस् भनेर मिडियामा दुई/चार दिन चर्चा बटुल्न फिल्मकर्मीहरु निकै ठूला ‘गफ’ दिन्छन् । तर, बोली पूरा गर्न भने सक्दैनन् ।

‘सदाबहार अभिनेता’ को उपाधि पाएका नेपाली फिल्मका सुपरस्टार भुवन केसी गायक पनि हुन भन्ने कुरा धेरैलाई थाहा छ । उनी नेपालका पहिलो म्यूजिक भिडियोको मोडल समेत हुन् । ‘मायालु तिमी टाढा’ बोलको गीत नेपालको पहिलो म्यूजिक भिडियो हो, जसमा भुवन फिचर्ड छन् । यो गीत अभिनेता भुवन स्वयंले गाएका थिए । उनले ‘जागे सारा रात’ बोलको गीत पनि गाएका छन् ।

