Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8545 - 8550 of 23765
फिल्मीखबर, काठमाण्डौ, 2020-01-08, बुधवार

बलिउड अभिनेत्री सन्नी लियोनीले ठुम्का लगाएको नेपाली फिल्म ‘पासवर्ड’ निर्माण गरेको कम्पनी एबी इन्टरनेशनलको बलिउड फिल्म ‘लैला मन्जु’ को छायांकन सुरु भएको छ । निर्माताद्वय अमित बस्नेत र अजित केआर थापाले निर्माण गर्ने फिल्मलाई प्रेमराज सोनीले निर्देशनको जिम्मेवारी सम्हालेका छन् । यसअघि उनले ‘इश्क इन पेरिस’ नामक बलिउड फिल्म निर्देशन गरेका थिए ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-08, बुधवार

दिनेश पाल्पाली (दिन्श) को निर्देशन रहेको फिल्म ‘चिसो एस्ट्रे’ को प्रदर्शन मिति घोषणा गरिएको छ । गाउँबाट सहर आएको एउटा युवाको सहरिया बन्ने यात्रा समेटिएको फिल्म जेठ १६ बाट प्रदर्शनामा आउने निश्चित भएको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने चरित्रको कथा फिल्मले पेश गर्ने बताइएको छ । फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-07, मंगलवार

भर्सटायल अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । पोस्टर र टीजर सार्वजनिक भएपछि चर्चामा रहेको फिल्मको ट्रेलर इमोसनल र इन्गेजिङ छ । एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको फिल्ममा अभिनेता विपिन ‘सेल्फी किङ’ को उपनामले परिचित हास्यकलाकारको भूमिकामा छन् ।

एजेन्सी, मुम्बई, 2020-01-07, मंगलवार

बलिउड सेलेब्सको वर्क फ्रन्टको अलावा फ्यान उनीहरुको रियल लाइफको बारेमा पनि निकै इन्ट्रेस्टेड रहने गर्दछ । जब कुरा सेलेब्रिटी वेडिङको हुन्छ तब फ्यान परीको कथा जस्तै उनीहरुको विवाहको बारेमा हरेक कुरा जान्न चाहन्छन् । २०२० मा थुप्रै बलिउड स्टार्स बैबाहिक जीवनमा बाँधिने तयारीमा छन् । यीमध्ये फिल्म ‘पंगा’ की अभिनेत्री कंगना रनौत पनि एक हुन सक्छिन् । 

फिल्मीखबर, काठमाण्डौ, 2020-01-07, मंगलवार

अभिनेता अनमोल केसीलाई ‘स्टार’ बनाएको फिल्म ‘होस्टेल’ बाट डेब्यू गरेकी अभिनेत्री हुन्, रिश्ता बस्नेत । फिल्ममा उनको अभिनयको तारिफ भएको थियो । तर, फिल्म सफलताको क्रेडिट भने अनमोलले पोल्टामा पर्‍यो । यो फिल्मपछि रिश्ताले आधा दर्जन बढी फिल्ममा काम गरिन् । कुनैमा सहायक चरित्र त कुनैमा लिड अभिनेत्री भएर । तर, कुनै फिल्म हिट भएनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-07, मंगलवार

अभिनेता अनमोल केसीले अभिनेत्री सुहाना थापाका लागि पहिलो पटक आफ्नो नियम तोडे । उनले अहिलेसम्म कुनै फिल्ममा कुनै अभिनेत्रीसँग दोहोर्‍याएर काम गरेका थिएनन् । तर, ‘ए मेरो हजुर ४’ मा सुहानासँग उनी दोस्रो पटक रोमान्स गर्दैछन् । यो फिल्मको अघिल्लो श्रृंखलामा उनीहरुको जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्म पनि सुपरहिट सावित भएको थियो । 

Results : 8545 - 8550 of 23765
Most Visited News (monthly)