Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब छोरीलाई असहज महशुस हुने सिन गर्दिनँ : अभिषेक

एजेन्सी, मुम्बई, 2020/06/28
 
अभिनेता अभ‍िषेक बच्चन अहिले आफ्नो नयाँ वेब सिरिज ‘ब्रिद इन्टू द स्याडोज’ का कारण चर्चामा छन् । यसबीच, उनले एक ठूलो खुलासा गरेका छन् । उनले एक अन्तर्वार्तामा आफूले इन्टिमेट सिनका कारण कयैन् फिल्म गुमाएको बताएका छन् । छोरी आराध्याको जन्मपछि धेरै कुरा बदलिएको र अब आफू छोरीलाई असहज महशुस हुने गरि कुनै सिन नगर्ने उनको भनाई छ । 
 
उनले भनेका छन्, ‘छोरीको जन्मपछि ममा धेरै कुरा बदलिएको छ । अब मलाई कुनै फिल्म वा सिन गर्नका लागि सहज लाग्दैन । म त्यस्तो केही पनि गर्दिनँ, जसले गर्दा मेरो छोरीलाई असहज महशुस होस् ।’ उनी आफूलाई इन्टिमेट सिन गर्न सहज महशुस नहुने बताउँछन् । फिल्म गर्नुभन्दा अगाडि नै निर्देशकसँग यस्ता सिनको बारेमा आफूले कुरा गर्ने गरेको उनको भनाई छ । 
 
‘मलाई रोमान्टिक सिन सहज लाग्छ । तर, मलाई इन्टिमेट सिन गर्न सहज लाग्दैन । म फिल्म साइन गर्नुभन्दा अगाडि नै आफ्नो निर्देशकलाई यो कुरा भन्छु कि फिल्ममा इन्टिमेट सिन छ भने तपाईं अरु अभिनेतालाई रोज्न सक्नुहुन्छ,’ उनले अगाडि भनेका छन्, ‘कति निर्देशकले त्यस्ता सिन हटाउँछन् । कति यसलाई फिल्मको अभिन्न अंग मान्छन् । म त्यस्तो फिल्ममा काम गर्दिनँ ।’ 
 
इन्टिमेट सिन गर्न अस्वीकार गर्दा कयौं फिल्म गुमाएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो सत्य हो र मलाई यसबाट कुनै समस्या छैन, न त कुनै अफसोस छ । किनकि, मेरो आफ्नो दृष्टिकोण हुन्छ र निर्देशक/निर्माताको आफ्नो दृष्टिकोण हुन्छ ।’ अभ‍िषेक वेब सिरीज ‘ब्रिद इन्टू द स्याडोज’ बाट डिजिटल दुनियाँमा डेब्यू गर्न जाँदैछन् । अहिले उनी यसको डबिङमा व्यस्त छन् । 
Most Visited News (monthly)