
अभिनेता निखिल उप्रेतीको रजगज हुँदा नेपाली फिल्ममा प्रवेश गरेका अभिनता विराज भट्टले आफ्नो समयमा कयैन् सुपरहिट फिल्म दिएका छन् । नेपाली फिल्ममा एक्सनमा नयाँ ट्रेन्ड स्थापित गरेका उनलाई हेर्नकै लागि पनि एक समय दर्शकको हलमा भीड लाग्थ्यो । कतिपय उनलाई नेपाली फिल्मका ‘बाघ अभिनेता’ समेत भन्ने गर्दथे । त्यसबेला उनको क्रेज लोभलाग्दो थियो ।

बलिउड अभिनेत्री दीपिका पादुकोण आइतबार आफ्नो ३४औं जन्मदिन मनाउँदैछिन् । अभिनेता शाहरुख खानसँग फिल्म ‘ओम शान्ति ओम’ बाट आफ्ना करिअर सुरु गरेकी उनले गएको एक दशकमा बलिउडको टप अभिनेत्रीमा आफूलाई उभ्याउन सफल भएकी छन् । अहिले उनलाई बक्सअफिसको क्विन भन्ने गरिन्छ । उनी अभिनीत एकपछि अर्को फिल्म सुपरहिट छन् ।

अभिनेत्री पूजा शर्माले पर्दामा जति पनि अभिनेतासँग काम गरेकी छन्, प्रायःसँग राम्रो सम्बन्ध छैन । अभिनेता आर्यन सिग्देलदेखि प्रदीप खड्कासम्म उनको सम्बन्ध सन्तुलित छैन । फिल्म ‘मधुमास’ मा उनले आर्यनसँग रोमान्स गरेकी थिइन् । गएको वर्ष फिल्म ‘कायरा’ हेर्न हल जाँदा ठूलो आवाजमा हाँसेर दर्शकलाई समेत डिस्टर्भ गरेको खबर बाहिरिएपछि उनीसँग आर्यन रुष्ट छन् ।

कुनै समय नेपाली फिल्म क्षेत्रमा आफ्नो दबदबा कायम गरेका अभिनेता हुन्, राजेश हमाल र धिरेन शाक्य । यी दुई हिरोको नेपाली फिल्ममा लगभग एकै समयमा प्रवेश भएको थिए । त्यसबेला उनीहरुलाई एक-अर्काका प्रतिस्पर्धी भन्ने गरिन्थ्यो । यद्यपि, हमाल र शाक्यले केही फिल्ममा भने एकसाथ काम गरेका छन् । तर, हमाल जस्तो लोकप्रियता भने धिरेनले कमाउन सकेनन् ।

भर्सटायल अभिनेत्रीको रुपमा नेपाली फिल्ममा आफूलाई स्थापित गरेकी ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवी शर्माको शुक्रबार साँझ निधन भएको छ । अभिनेत्री ऋचाकी आमाको ६७ वर्षको उमेरमा निधन भएको हो ।

नेपाली फिल्म र फिल्मकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ ले प्रमुख विधामा आफ्नो वर्चश्व जमाएको छ । फिल्मले उत्कृष्ट फिल्म, पटकथा, अभिनेता, अभिनेत्री र निर्देशन गरि पाँच विधामा अवार्ड जितेको छ । तर, अभिनेताको अवार्ड उचाल्न विपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउत कार्यक्रममा उपस्थित थिएनन् ।

