Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(41 votes, avg 5.00/5.00)
Text size:-
+
-

प्रियंकाको सलोन प्रेम

फिल्मीखबर, काठमाडौं, 2020/06/30
 
कोरोना भाइरसका कारण तीन महिनादेखि फिल्म क्षेत्र ठप्प छ । फिल्म निर्माण नहुँदा व्यस्त कलाकारहरु पनि फुर्सदिला भएका छन् । लकडाउनअघि फिल्म वा म्यूजिक भिडियोको छायांकनका कारण विरलै परिवारसँग समय विताउन पाएका उनीहरु अब घरभित्रै बसेर छट्पटिन थालेका छन् । कहिले स्थिति सामान्य होला र काममा फर्किन पाइन्छ भनेर प्रतिक्षा गरेर बसेका छन् । 
 
अभिनेत्री प्रियंका कार्कीलाई लकडाउनअघि भ्याइनभ्याइ थियो । फिल्म र म्यूजिक भिडियोको छायांकनका कारण उनले विरलै फुर्सदको सास फेर्थिन् । देश तथा विदेशमा हुने कार्यक्रममा पनि उनको दौडधुप राम्रै थियो । तर, कोरोनाले सबै चौपट पारेको छ । लकडाउन भएदेखि उनी घरभित्रै सीमित छिन् । यो समय उनले भान्सामा विभिन्न परिकार बनाएर सदुपयोग गरिरहेकी छन् । 
 
लकडाउन हुनुभन्दा महिना दिन अगाडि उनले आयुष्मान देशराज जोशीसँग विवाह गरेकी थिइन् । लकडाउनले उनीहरु हनिमुनमा समेत निस्कन पाएका छैनन् । जीवनमा पहिलो पटक यति लामो समय घरमा बस्नु पर्दा उकुसमुकुस भएकी उनलाई यतिबेला फिल्मको सुटिङमा विताएका पलहरु याद आउन थालेको छ । उनले इन्स्टाग्राममा पोस्ट्याएका तस्विरले पनि यो बयान गर्छ । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Salon❤😘 Always a pleasure working with you 😍 Still from our next release 'Lakka Jawan'

A post shared by Priyanka Karki DS Joshi 🌼 (@priyanka.karki) on

मंगलवार प्रियंकाले इन्स्टा एकाउन्टमा दुई घण्टाको अन्तरालमा दुईवटा पोस्ट गरेकी छन् । एउटामा उनले अभिनेता सलोन बस्नेतसँगको एक तस्विर पोस्ट्याउँदै ‘तिमीसँग काम गर्न पाउँदा सधैं खुसी लाग्छ’ भनेर उल्लेख गरेकी छन् । अर्कोमा ‘लक्का जवान परिवार’ भन्दै सलोनसहित अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता दीलिप रायमाझीसँगको तस्विर साझेदार गरेकी छन् । 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

'Lakka Jawan' parivaar❤

A post shared by Priyanka Karki DS Joshi 🌼 (@priyanka.karki) on

लकडाउन नभएको भए फिल्म ‘लक्का जवान’ गत वर्षको चैतमा प्रदर्शन भइसकेको हुन्थ्यो । तर, अब यो फिल्मको रिलिज अन्योलमा छ । यसमा प्रियंकाको जोडी दीलिप रायमाझीसँग बाँधिएको छ । भने, सलोन र वर्षाले रोमान्स गरेका छन् । यो फिल्म यी चारै जनाको करिअरका लागि विशेष मानिएको छ । यसकारण पनि फिल्म ‘लक्का जवान’ लाई लिएर उनीहरु उत्साहित छन् । 
Most Visited News (monthly)