Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(33 votes, avg 5.00/5.00)
Text size:-
+
-

रेखाको फिल्ममा सौगात यथावत, दयाहाङ नहुने ?

फिल्मीखबर, काठमाण्डौ, 2020/06/29
कोरोना भाइरसबाट बच्न सरकारले लकडाउनको घोषणा गरेपछि नेपाली फिल्मको छायांकन र प्रदर्शन पूर्ण रुपमा प्रभावित भएका छन् । गएको तीन महिनाको अवधिमा करोडौंको घाटा बेहोरिसकेको फिल्म क्षेत्र अझै कहिलेसम्म डाउनको अवस्थामा रहन्छ, अत्तोपत्तो छैन । लकडाउन खुलेको लामो समयसम्म पनि फिल्म क्षेत्रमा पहिलेको जस्तो चहलपहल हुने सम्भावना न्यून छ । 
 
केही निर्माता तथा निर्देशकहरु भने सरकारले छायांकनका लागि अनुमति दिए तत्कालै फिल्म निर्माण गर्ने तयारीमा छन् । अभिनेत्री तथा निर्मात्री रेखा थापा पनि लकडाउन खुलेपछि नयाँ फिल्मको छायांकन थाल्दैछिन् । सविर श्रेष्ठले निर्देशन गर्ने बेनामे फिल्मको गएको बैशाखबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम थियो । तर, लकडाउनका कारण फिल्म फ्लोरमा जान सकेन । 
 
 
अब यो फिल्मको छायांकन आउँदो भदौबाट हुँदैछ । अभिनेत्री रेखा भन्छिन्, ‘फिल्म इन्डस्ट्रीका हजारौं कलाकार, प्राविधिक तथा अन्य जनशक्तिलाई लामो समय अन्योलमा राख्नु हुँदैन । प्रयाप्त सावधानी अपनाउँदै फिल्म निर्माण गर्नुको अरु विकल्प छैन । अन्यथा विकासको बाटोमा रहेको फिल्म क्षेत्र धरासायी हुनसक्छ । सरकारले यो क्षेत्रको बारेमा गम्भिर भएर सोच्न जरुरी छ ।’
 
फिल्ममा अभिनेता सौगात मल्लको मुख्य भूमिका रहनेछ । यो फिल्ममा अभिनेता दयाहाङ राईको पनि अभिनय रहने बताइएको थियो । गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, आधा दर्जनभन्दा बढी फिल्म पाइपलाइनमा भएकोका कारण उनले रेखाको फिल्म नगर्ने भएका छन् । लकडाउन खुलेपछि उनले फिल्म ‘दुई नम्बरी’ को बाँकी छायांकन भ्याउनेछन् । 
 
निर्देशक सविर श्रेष्ठले पनि फिल्ममा दयाहाङ हुने भन्नेमा ठोकुवा गर्न सकेनन् । उनले भने- ‘अहिले फिल्मको कथामा केही परिवर्तन भएको छ । पुरानो स्क्रिप्टमा उहाँ हुनुहुन्थ्यो । परिवर्तित स्क्रिप्टमा उहाँलाई सुहाउने रोल हुन्छ वा हुँदैन यसै भन्न सकिन्न । यद्यपि, सौगात मल्लको भने फिल्ममा अभिनय रहनेछ ।’ फिल्ममा अभिनेत्री रेखा थापा स्वयंले मुख्य भूमिका निभाउँदैछिन् ।
Most Visited News (monthly)