
विशाल सापकोटाको डेब्यू निर्देशनमा बनेको फिल्म ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जिन्दगीको के छ र भर’ बोलको लिरिकल भिडियो गीतमा सुभाष भुषालको संगीत रहेको छ भने सुरज गैरेको शब्द र केतन क्षेत्रीको स्वर छ । यो गीत ‘प्रसाद’ को ‘सारङ्गी रोयो कहाँ रोयो’ फ्लेवरमा तयार पारिएको छ । संगीतकार सुभाषले नै ‘प्रसाद’ को गीतमा संगीत भरेका थिए ।

अभिनेता आयुष्मान खुरानाले गएको दुई वर्षयता लगातार सुपरहिट फिल्मबाट बक्सअफिसमा राज गरिरहेका छन् । गएको वर्ष ‘आर्टिकल १५’, ‘ड्रीम गर्ल’ र र ‘बाला’ जस्ता ब्लकबस्टर फिल्म दिएका उनी यस वर्ष आफ्नो नयाँ फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ र ‘गुलाबो-सिताबो’ लिएर आउँदैछन् । यसबीच, अभिनेता आयुष्मानले आफ्नो फिल्मको सक्सेसको राज खोलेका छन् ।

ताजधारी मिस नेपालहरुले नेपाली फिल्ममा बलशाली उपस्थिति जनाउन सकेका छैनन् । मलिना जोशीदेखि सृष्टि श्रेष्ठसम्मले मिस नेपालको उपाधि जितेपछि नेपाली फिल्ममा प्रवेश गरे । तर, फिल्मी करिअर कसैको सुखद बन्न सकेन । यही यथार्थबीच सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले फिल्म ‘साङ्लो’ बाट अभिनयमा डेब्यू गर्दैछिन् । फिल्मका निर्देशक विराज भट्ट हुन् ।

फिल्म ‘होस्टेल रिर्टन्स’ बाट सुखद डेब्यू गरेका अभिनेता सुशील श्रेष्ठका पछिल्ला कुनै फिल्म बक्सअफिसमा सफल छैनन् । ‘सायद २’, ‘कारखाना’ र ‘बादशाह जुट’ सफलताबाट बञ्चित हुँदा सुशीलको करिअर धरमराएको छ । सालिन स्वभावका यी हिरो यस वर्षका लागि दोस्रो फिल्म लिएर आउँदैछन् । आउँदो फागुन २ गते उनी अभिनीत फिल्म ‘लभ डायरिज’ प्रदर्शन हुँदैछ ।

आउँदो फागुन २ गतेबाट प्रदर्शन हुने सौरभ चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापाबीचको नोकझोक, प्रेम, रोमान्स र विछोड देखाइएको छ । ट्रेलरमा अभिनेता सुशीलले बोलेका संवादहरुलाई विशेष स्थान दिइएको छ ।

अभिनेता अजय देवगन स्टारर फिल्म ‘तानाजी : द अनसंग वारियर’ सँगै अर्को एक फिल्मले बक्सअफिसमा हंगामा मच्चाएको छ । सुपरस्टार अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ डिसेम्बरबाट प्रदर्शनमा आएको थियो र अहिलेसम्म पनि बक्सअफिसमा आफ्नो उपस्थिति कायमै राखेको छ । दर्शक र समीक्षकले अत्याधिक रुचाएको फिल्मलाई राज मेहताले निर्देशन गरेका हुन् ।

