Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फिल्मको सुटिङ मिस गर्दै जल शाह

फिल्मीखबर, काठमाण्डौ, 2020/07/08
 
कोरोनाको महामारीका कारण नेपाली कलाकारहरु घरभित्रै नजरबन्द भएको तीन महिना नाघिसकेको छ । उनीहरु यति लामो समयसम्म विश्राममा बस्नु परेको यो पहिलो पटक हो । स्थिति सामान्य हुँदा फिल्मको छायांकन र प्रचारका कारण घरमा बस्ने मौका कमै जर्थ्यो । लकडाउनपछि फिल्म निर्माण र प्रदर्शन रोकिँदा कलाकारहरु सुटिङमा विताएका दिन सम्झँदै बसेका छन् । 
 
कोरोना नियन्त्रण भएर पहिले झैँ निस्फिक्री काममा फर्किने दिनको प्रतिक्षामा छन् कलाकारहरु । तीन महिनादेखि घरभित्रै सीमित हुनु पर्दा सुटिङ सेट मिस भइरहेको भन्दै धेरैले सामाजिक सञ्जालमा स्टाटस कोरिरहेका छन् । केही महिना सुटिङबाट टाढा हुँदा त कलाकारहरुको यो हाल छ भने वर्षौंदेखि एक्सन-कटबाट टाढा रहेका अभिनेता/अभिनेत्री झन् कति छट्पटिएका होलान् ? 
 
एक समयकी चर्चित अभिनेत्री जल शाहले सुटिङ सेटमा मेकअप गरेर क्यामेराको अगाडि निर्देशकको एक्सन-कटमा अभिनय नगरेको वर्षौं भइसकेको छ । उनलाई विगतका ती दिनहरु कति याद आउँछन् होला ? हामी सहजै अनुमान गर्न सक्छौं । उनले मंगलवार फेसबुकमा लेखेको स्टाटसबाट पनि उनी फिल्ममा काम गर्न नपाएर कति न्यास्रिएकी छन् भन्ने बुझ्न सकिन्छ । 
 

कुनै फिल्मको एक सिनको तस्विर शेयर गर्दै उनले लेखेकी छन्, ‘ओह, म मेरो काम याद गर्दैछु ।’ डेढ दशकदेखि फिल्म दुनियाँबाट टाढिएर बस्दा पुराना दिन आँखा अगाडि नाच्नु नौलो होइन । जलले पनि कयैन् यादगार पल फिल्म क्षेत्रमा विताएकी छन् । एक समय आफ्नो अभिनयबाट दर्शकको मनमा डेरा जमाएकी उनलाई फेरि कहिले पर्दामा हेर्न पाइएला ? सबैलाई चासो छ । 
Most Visited News (monthly)