Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

वर्षालाई मनोरञ्जन चाहियो रे !

फिल्मीखबर, काठमाण्डौ, 2020/07/07
तीन महिनादेखि जारी लकडाउनका कारण नेपाली फिल्म क्षेत्रमा कुनै गतिविधि भएका छैनन् । फिल्म निर्माणदेखि प्रदर्शनसम्म रोकिँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । कलाकारहरु पनि फुर्सदिला भएका छन् । यो अवस्था कहिलेसम्म रहने हो, कुनै निश्चित छैन । प्राविधिकलाई परिवार पाल्ने चिन्ताले सताएको छ । कलाकारहरु घरभित्रै बस्नु पर्दा छट्पटिएका छन् ।
 
 
कोरोनाले थिलथिलो बनाएको फिल्म क्षेत्रलाई पहिल्यैकै अवस्थामा फर्काउन फिल्मकर्मीहरुबीच यतिबेला सहमति, सहकार्य र एकताको आवश्यता छ । तर, लकडाउनमो अवधिमा भएका गतिविधि हेर्दा लाग्दैन कि यहाँ कसैलाई फिल्म क्षेत्रको चिन्ता छ । सबै एकअर्काको खुट्टा तान्नैमा व्यस्त छन् । अर्कोलाई दोषी देखाएर आफू दुधले नुहाएको देखाउन हानाथाप चलिरहेको छ ।
 
लकडाउनमा कसैले नेपोटिज्मको मुद्धा उठाए । कसैले पारिश्रमिक लिन निर्मातालाई हात जोड्नु पर्ने गुनासो पोखे । कोही नेपालमा १४ जिल्ला रहेको बताएपछि विवादित बने । कसैले ‘महानायक चिन्दिनँ’ भनेर आफूलाई चर्चित व्यक्ति घोषित गरे । तर, कोरोनाले अस्तव्यस्त बनाएको फिल्म क्षेत्रलाई पहिलको जस्तो अवस्थामा फर्काउन के गर्नुपर्छ भनेर कसैले विचार मन्थन गरेनन् ।
 
अभिनेत्री वर्षा सिवाकोटी भने लकडाउनको समयमा भएका गतिविधि हेरेर मनोरञ्जन लिइरहेकी रहेछिन् । नेपाली कलाकारहरु एकअर्काको खुटा तान्न कतिसम्म माहिर छन् भन्ने कुरा उनको फेसबुक स्टाटसले प्रस्ट्याउँछ । उनले सोमवार फेसबुकमा लेखेकी छन्, ‘एक दुई दिनदेखि सुन्ने भयो । इन्टरटेन्मेन्ट प्लिज ।’ अर्को विवाद हेर्न आफू आतुर रहेको पनि उनले उल्लेख गरेकी छन् ।
 
 
मानविय स्वभाव नै हो अरुको पीडाबाट आनन्द लिने । जस्तो बाटोमा कसैले कुटपिट गर्दैछ भने हामी स्वादले रमिता हेर्छौं । वर्षाको स्टाटसले पनि यही भन्छ, ‘तिमीहरु रमिता देखाऊ, म खुसीले ताली पिट्छु ।’ तर, आफैँ शिशाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्नु राम्रो होइन । आज अरुको पीडामा रमाउँदै गर्दा भोली आफ्नो पीडामा ताली पिट्नेहरु पनि भेटिन्छन् है वर्षाजी । 
Most Visited News (monthly)