Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8491 - 8496 of 23765
फिल्मीखबर, काठमाण्डौ, 2020-01-20, सोमवार

यही माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी जनरामा निर्मित फिल्म ‘दि कर्मा’ ले नेपाल सरकार अन्तर्गत केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको छ । आइतबार सेन्सर बोर्डका पदाधिकारीहरुले फिल्म हेरेपछि १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी ‘प्यारेन्टल गाईडेड’ अर्थात पिजी सर्टिफिकेट दिएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-20, सोमवार

नेपाली फिल्ममा नयाँ अनुहारको प्रवेश दिन दुई गुना र रात चौगुनाले बढिरहेको छ । अहिले हरेक हप्ता प्रदर्शन हुने फिल्ममा अभिनेता वा अभिनेत्री नयाँ अनुहार हुने गरेका छन् । तर, सफलता भने एकाधले मात्र हात पारेका छन् । कति फिल्म फ्लप हुँदा पनि अभिनय राम्रो भएका कारण चम्किएका छन् । भने, कति फिल्म हिट भएर पनि अभिनय कमजोर हुँदा गुमनाम छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-01-20, सोमवार

नेपालमा विदेशी फिल्मको कथा चोरेर थुप्रै फिल्म बनेका छन् । मौलिकभन्दा आयातित कथा बेच्न खोज्ने फिल्मकर्मीको यहाँ ठूलो भीड छ । नेपाली फिल्मप्रति दर्शकको विश्वास गुम्नुको पनि यो ठूलो कारण हो । आफ्नो दिमाग खियाउनुभन्दा अरुको सृजना नक्कल गरेर फिल्म बनाउन नेपाली फिल्मकर्मी जति माहिर अरु छैनन् । अझ भनौं, दर्शकलाई मुर्गा बनाउन खुब सिपालु छन् ।

एजेन्सी, मुम्बई, 2020-01-19, आईतवार

प्रदर्शनरत फिल्म ‘छपाक’ का कारण चर्चामा रहेकी अभिनेत्री दीपिका पादुकोणले निर्देशक प्रदीप सरकारको फिल्म गर्ने भएकी छन् । १९औं शताब्दीकी चर्चित भारतीय गायिका विनोदिनी दासीको जीवनीमा आधारित भएर निर्माण हुन लागेको फिल्ममा उनले अभिनय गर्न लागेकी हुन् । केही दिन अगाडि निर्देशक प्रदीप र अभिनेत्री दीपिकाबीच कागजी सम्झौता भएको बताइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2020-01-19, आईतवार

अभिनेत्री द्वय परमिता आरएल राणा र नीता ढुंगाना स्टारर फिल्म ‘दि कर्मा’ आउँदो माघ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । एक्सन-लभस्टोरी जनरामा निर्माण भएको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा निर्माण भएको फिल्मको एक गीत र ट्रेलर सार्वजनिक भैसकेको छ । फिल्ममा परमिता नकारात्मक भूमिकामा छिन् । 

फिल्मीखबर, काठमाडौं, 2020-01-19, आईतवार

नेपाली फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाहको सुरुवात प्रभावशाली थियो । अभिनेता अनमोल केसीसँग ‘ड्रिम्स’ बाट अभिनयमा डेब्यू गरे पनि फिल्म रिलिजपछि भने अनमोलको भन्दा धेरै चर्चा साम्राज्ञीको भयो । उनको सशक्त अभिनयको अगाडि अनमोल छाँयामा परे । फिल्म सफलताको क्रेडिट पनि उनले राम्रै पाइन् । यसपछि उनले फिल्म ‘ए मेरो हजुर २’ मा काम गरिन् । 

Results : 8491 - 8496 of 23765
Most Visited News (monthly)