Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रेमीप्रति कृतज्ञ मलिना

फिल्मीखबर, काठमाण्डौ, 2020/07/12
 
सन् २०११ कि मिस नेपाल तथा अभिनेत्री मलिना जोशी अभिनयभन्दा प्रेम जीवनका कारण बढी चर्चामा रहने गर्दछिन् । अभिनेता अनुप विक्रम शाहीसँग उनी झण्डै २ वर्ष प्रेम सम्बन्धमा रहिन् । तर, यी दुईको प्रेम लामो समय टिक्न सकेन । अनुपबाट अलगिएपछि मलिनाको नाम अभिनेता सारुक ताम्राकारसँग जोडिएको थियो । तर, उनीहरुले प्रेम सम्बन्ध स्वीकार गरेनन् ।  
 
केही वर्षयता मलिनाले जिम ट्रेनर सुशान्त प्रधानको प्रेममा आफूलाई समाहित गरेकी छन् । उनले आफ्नो प्रेम सम्बन्ध लुकाएकी पनि छैनन् । सामाजिक सञ्जालमा बाक्लै रुपमा उनले प्रेमीसँगका तस्विरहरु साझेदार गर्दै प्रेम भाव व्यक्त गरिरहेकी हुन्छिन् । आइतवार उनका प्रेमी सुशान्तको जन्मदिन परेको छ । उनले सामाजिक सञ्जालबाट प्रेमीलाई बर्थडे ‘विस’ गरेकी छन् । 
 
मलिनाले इन्स्टाग्राममा प्रेमीसँगको एक प्रेमिल तस्विर पोस्ट्याउँदै आफूलाई पुनः एकपटक प्रेम र जीवनप्रति विश्वास दिलाएकोमा कृतज्ञता व्यक्त गरेकी छन् । उनले सुशान्तलाई मेहेनती र जिम्मेवार व्यक्तिको रुपमा व्याख्या गर्दै इन्स्टामा लेखेकी छन्, ‘मेरो प्रिय सुपर ह्यूमन, मेरो इच्छा छ कि तिमी त्यही व्यक्ति बनिरहु, जोसँग मेरो प्रेम भएको थियो । र, म पनि सदाको लागि हुनेछु ।’
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

Happiest Birthday to this hardworking one, responsible, a Musk fan and a go getter. I will always be grateful to you for making me believe in love and life again. My dear Superhuman, I wish you remain the same person with whom I fell in love with. And I shall too for eternity ☺️♥️ On your birthday, I wish you achieve every little thing that you have wished for; may you achieve more success, prosperity, health, love and affection and like everything that you deserve. Or A Tesla may be ☺️ May you get to see 100 more branches of TPW in the future. You are always in my prayers ♥️ Photographed by @meiilanvisualarts Makeup and hair @sunii_magar Styled by @sadhana_ranabhat

A post shared by Malina Joshi (MJ) 👑 (@malinajoshi11) on

गत वर्ष अभिनेत्री ऋचा शर्माको विवाहको रिसेप्सन पार्टीमा मलिनाले आफू यस वर्ष विवाह गर्ने सोचमा रहेको बताएकी थिइन् । तर, कोरोनाको महामारीका कारण यो वर्ष उनी दुलही हुने सम्भावना न्यून देखिएको छ । पछिल्लो समय फिल्म अभिनयबाट दूरी बनाएकी उनले फिल्म ‘ऋतु’ बाट अभिनयमा डेब्यू गरेकी थिइन् । उनका प्रायः फिल्म बक्सअफिसमा असफल छन् ।
Most Visited News (monthly)