Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

ऐश्वर्या र उनकी छोरीमा पनि देखियो कोरोना

एजेन्सी, मुम्बई, 2020/07/12
 
अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनमा पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेभिट आएपछि घरका सबै सदस्यको परिक्षण गरिएको थियो । पहिलो पटक गरिएको परिक्षणमा जया बच्चन, ऐश्वर्या र आराध्याको रिपोर्ट नेगेटिभ आएको थियो । दोस्रो परिक्षणमा भने ऐश्वर्या र आराध्याको रिपोर्ट पोजेटिभ आएको छ । 
 
कोरोना पुष्टि भएपछि ऐश्वर्या र आराध्या नानावती अस्पताल भर्ना भएका छन् । महाराष्ट्रको स्वास्थ्य मन्त्री राजेश टोपेले ट्विट गर्दै लेखेका छन्, ‘ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । जय बच्चनको रिपोर्ट भने नेगेटिभ छ ।’ कोरोनाको संक्रमण नदेखिएकाले जय बच्चन भने होम क्वारेन्टाइनमा रहने भारतीय मिडियाले बताएका छन् । 
 
शनिवार (हिजो) साँझ अमिताभ बच्चन र अभिषेक बच्चनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । दुवैलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । अहिले दुवैको अस्पतालको आइसोलेशन वार्डमा उपचार भइरहेको छ । यसबीच, आइतवार कोलकाताको श्याम बजारका मानिसहरुले अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै पूजाआजा र यज्ञ गरेका छन् । 
Most Visited News (monthly)