Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

यहाँ आफूलाई मात्र सही ठान्छ मान्छे : पूजा

फिल्मीखबर, काठमाण्डौ, 2020/07/12
 
गत वर्ष एक उद्घाटन कार्यक्रममा ‘कलाकारहरुको किन गसिप बन्छ ?’ भन्ने पत्रकारको प्रश्नमा निर्देशक दीपाश्री निरौलाले भनेकी थिइन्, ‘गसिपहरुले रोमाञ्चित बनाउँछ । जहाँ नाम छ त्यहाँ सबै कुरा छ । कसैलाई होच्याउने र जिस्काउने नामले नै गर्छ । घरमा सुतिरहेको बुबालाई कसैले गिज्याउँदैन ।’ उनको यो कुरामा अभिनेत्री पूजा शर्माले ताली बजाएर समर्थन जनाएकी थिइन् । 
 
यतिबेला रोचक संयोग चाहिँ जुरेको छ भने दीपाश्री र पूजा दुवै विवादमा छाएका छन् । राजेश हमालको ‘महानायक’ उपाधिमाथि प्रश्न गरेपछि दीपाश्री दर्शकको आँखाको तारो बनेकी छन् । उनीमाथि सामाजिक सञ्जालमा गालीको वर्षा भइरहेको छ । पूजा भने नेपालमा १४ जिल्ला रहेको बताएपछि आलोचित बनिन् । दुवैलाई बोल्ने क्रममा अपनाउन नसकेको धैर्यताले डुबाएको हो । 
 
यो अवस्थामा दीपाश्री र पूजाले नाम हुनेकै चर्चा र आलोचना हुन्छ भन्ने कुरा आत्मसात् गरेर अघि बढ्नु लाभदायक देखिन्छ । सामाजिक सञ्जालमा भइरहेको नकारात्मक टिप्पणीबाट दीपाश्री निराश छिन् । तर, पूजाले भने दुनियाँको कुरा बेवास्था गरेर अगाडि बढ्ने निधो गरेकी छन् । उनले भगवानलाई पनि गाली गरिन्छ भन्दै अब आफ्नो सोच अनुसार हिँड्ने बताएकी छन् ।
 
 
उनले आफ्नो आलोचना गर्नेलाई जवाफ दिँदै इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘यहाँ भगवानलाई पनि गाली गर्छ मान्छे । यहाँ आफूलाई मात्र सही ठान्छ मान्छे । म दुनियाँको कुरा सुन्दिनँ, आफ्नै मनको कुरा सुन्छु । जीवन सडकमा होस् वा शिखरमा, आफ्नै सोचमा हिँड्छु ।’ उनको कुराबाट बुझ्न सकिन्छ कि उनी अब दुनियाँको नभइ आफ्नो मनको कुरा सुनेर अगाडि बढ्न चाहन्छिन् ।
Most Visited News (monthly)