Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक बाल्कीको चुनौती : ‘आलिया र रणवीरभन्दा उम्दा कलाकार ल्याएर देखाउनुस्’

फिल्मीखबर, काठमाडौं, 2020/07/17
 
नेपोटिज्मको बहस सुरु भएपछि बलिउड इन्डस्ट्रीको धेरै पक्ष छाँयामा परेका छन् । कतिले नेपोटिज्मका कारण धेरै कलाकारले अवसर पाएको बताएका छन् भने कति यसको विपक्षमा उभिएका छन् । ‘प्याडम्यान’, ‘चीनी कम’, ‘पा’, ‘शमिताभ’ लगायतका फिल्मका निर्देशक आर बाल्कीले अब यो चर्चामा हिस्सा लिएका छन् । नेपोटिज्मको बारेमा उनले फरक मत राखेका छन् । 
 
हालै एक अन्तर्वार्तामा आर बाल्कीले भनेका छन्, ‘स्टार किड्सलाई पहिलो पटक पर्दामा काम गर्नका लागि सहज हुन्छ । तर, प्रतिभा छैन भने स्टार किड्स पनि फिल्म इन्डस्ट्रीमा टिक्न सक्दैनन् । आलिया भट्ट र रणवीर कपूर जस्ता प्रतिभावान कलाकारहरु बलिउडमा अरु कोही छैन ।’ आलिया र रणवीर जस्ता उम्दा कलाकार ल्याएर देखाउन पनि उनले चुनौती दिएका छन् । 
 
बाल्कीले भने- ‘मलाई आलिया या रणवीरभन्दा उम्दा कलाकार ल्याएर देखाउनुस् अनि म बहस गर्न तयार छु । नेपोटिज्मको विषयमा बहस गरिरहँदा राम्रा कलाकारमाथि अन्याय हुन्छ ।’ कतिपय अवस्थामा दर्शक प्रतिभावान कलाकारलाई पर्दामा हेर्न नचाहेर स्टार किड्सलाई हेर्न चाहने उनको भनाई छ । प्रतिभा नभएको व्यक्तिलाई दर्शकले मन नपराउने उनी बताउँछन् ।
 
बाल्की यो स्वीकार गर्न तयार छन् कि बलिउडमा एक आउटसाइडरका लागि आफ्नो स्थान बनाउन निकै मुश्किल छ । ‘त्यो पहिला मौका हुन्छ, जसको तपाईंलाई आवश्यकता हुन्छ । त्यसपछि आफ्नो जिम्मेवारी हुन्छ । म मान्दछु कि एक आउटसाइडरका लागि फिल्ममा इन्ट्री गर्न निकै मुश्किल हुन्छ । तर, तपाईंको प्रतिभाले तपाईंलाई मौका दिन्छ,’ उनले भनेका छन् ।
Most Visited News (monthly)