Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कटप्पाका लागि सञ्जय थिए पहिलो रोजाई

एजेन्सी, मुम्बई, 2020/07/16
 
बलिउडको सुपरहिट फिल्मको कुरा गर्दा एसएस राजामौली निर्देशित ‘बाहुबली’ सिरिजको नाम सबैभन्दा अगाडि आउँछ । यो फिल्मको हरेक एक चरित्रलाई दर्शकले निकै रुचाएका थिए । यसमध्ये कटप्पाको भूमिका साउथका अभिनेता सत्यराजले निभाएका थिए । तर, हालै यो खबर बाहिरियो कि कटप्पाको भूमिकाका लागि बलिउड अभिनेता सञ्जय दत्त पहिलो रोजाई थिए । 
 
निर्देशक राजामौलीले कटप्पाको रोलका लागि सञ्जयसँग सम्पर्क गरेका थिए । तर, त्यो समय उनी जेलमा सजाय काटिरहेका थिए । यसकारण उनले यो फिल्म गर्न सकेनन् । पछि उक्त रोल सत्यराजलाई अफर गरिएको थियो । उनले कटप्पाको चरित्रलाई अमर बनाउन कुनै कसर छाडेका छैनन् । त्यसो त सञ्जय दत्तलाई फिल्ममा नेगेटिभ चरित्रमा दर्शकले निकै रुचाउने गरेका छन् । 
 
‘बाहुबली’ मा शिवगामीको चरित्र अभिनेत्री राम्या कृष्णनले निर्वाह गरेकी थिइन् । यो चरित्र पनि पहिला श्रीदेवीलाई अफर गरिएको थियो । तर, अभिनेता प्रभासभन्दा पनि महँगो पारिश्रमिक माग गरेपछि निर्देशक राजामौलीले उनको ठाउँमा राम्यालाई अनुबन्ध गरेका थिए । उनले शिवगामीको भूमिकालाई जीवन्त बनाएकी थिइन् । पछि यो फिल्म छाडेकोमा श्रीदेवी पछुताएकी थिइन् ।
Most Visited News (monthly)