

फिल्म ‘साङ्लो’ को गीतलाई लिएर भएको विवाद अन्ततः सुल्झिएको छ । फिल्ममा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको गीतको शब्द चोरिएको भन्दै गएको शुक्रवार निर्देशक सुदीप भुपाल सिंहले प्रहरीमा उजुरी दिएका थिए । यो गीतको शब्द आफूले लेखेको तर जानकारी विनै फिल्ममा राखिएको र रचनाकारमा आफ्नो नाम पनि नराखेको भन्दै उनले उजुरी दिएका थिए ।


हरेक नयाँ फिल्ममा फरक भूमिका र गेटअपमा देखिन चाहने अभिनेता विपिन कार्कीको नयाँ फिल्म ‘सेल्फी किङ’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा उनी टेलिभिजनमा कार्यरत एक प्रसिद्ध हास्यकलाकारको भूमिकामा छन् । उनकै तीन दिनको कथा फिल्ममा उतारिएको छ । फिल्मको प्रचार सामाग्रीमा देखिएको विपिनको भिन्न लुक्सले दर्शकको ध्यान खिचेको छ ।

यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट स्टारर फिल्म ‘साङ्लो’ को गीत विवाद उत्कर्षमा पुगेको छ । गएको शुक्रवार ‘झ्याम्मै आँखा झ्याम्मै...’ बोलको गीतको शब्द चोरी गरेको भन्दै निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएपछि सुरु भएको विवाद अझै साम्य हुन सकेको छैन । बरु, अहिले दुबै पक्ष एकअर्कामाथि आरोप–प्रत्यारोप लगाउन लागिपरेका छन् ।

अभिनेता विराज भट्ट निर्देशित तथा अभिनीत फिल्म ‘साङ्लो’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । रिलिजपूर्व गीतसंगीत र ट्रेलरले फिल्मको राम्रो हाइप निर्माण गरिसकेको छ । यसलाई हेर्दै फिल्मले सुस्ताएको नेपाली फिल्मको व्यापार चलायमान बनाउने अपेक्षा गरिएको छ । तर, फिल्म रिलिजको संघारमा रहँदा गीतको शब्द चोरी गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

