Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बारपाकी माया’ को सिक्वेल बन्ने

फिल्मीखबर, काठमाण्डौ, 2020/07/25
 
अनुता गुरुङ र खिलबहादुर गुरुङ अभिनीत फिल्म ‘बारपाकी माया’ को सिक्वेल निर्माण हुने भएको छ । गोरखाको बारपाक गाउँमा छायांकन गरिएको फिल्मले गुरुङ संस्कृतिको विषयलाई उठान गरेको थियो । सिक्वेलमा भने बारपाकको जनजीवन र त्यहाँको रहनसहनलाई प्रस्तुत गरिने निर्देशक प्रितम गुरुङले जानकारी दिए । लकडाउनमा फिल्मको स्क्रिप्ट तयार पारिएको हो ।
 
फिल्म ‘बारपाकी माया २’ करिब ८० लाखको बजेटमा निर्माण हुने बताइएको छ । फिल्मको उत्तरी गोर्खाको बारपाक, लाप्राक, मम्चे डाँडा, धार्छेजस्ता रमणीय स्थानमा छायांकन गरिने निर्देशक गुरुङले बताए । सरकारले फिल्म छायांकनका लागि अनुमति दिएसँगै फिल्मको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । फिल्ममा केही कलाकार पुराना र केही नयाँ हुने जनाइएको छ ।
 
‘बारपाकी माया’ मा २०७२ सालको महाभूकम्पअघिको बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरिएको थियो । सिक्वेलमा भूकम्पपछि तहसनहस भएको गाउँको पुनर्निर्माणपछिको दृश्यहरुलाई कैद गरिनेछ । अघिल्लो श्रृंखलालाई दर्शकहरुले रुचाएका कारण सिक्वेल निर्माण गर्न लागेको निर्देशक गुरुङ बताउँछन् । फिल्मका लागि अडिसनबाट कलाकार छानिने बताइएको छ । 
Most Visited News (monthly)