Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अनमोल र प्रदीप पारिश्रमिक घटाउन तयार छन् ?

फिल्मीखबर, काठमाडौं, 2020/07/26
 
कोरोनाको संक्रमण फैलिन नदिन सरकारले चार महिना लकडाउन गर्दा सबै कलाकारहरु कामविहीन भए । गएको मंगलबारबाट लकडाउन पूर्ण रुपमा अन्त्य भएको छ । योसँगै विभिन्न क्षेत्र सञ्चालनमा आएका छन् । तर, फिल्म क्षेत्रमा प्रतिबन्ध कायमै छ । भीडभाड हुने क्षेत्र भएकाले पनि संक्रमण फैलने डरले तत्काल यो क्षेत्र खोल्ने जोखिम सरकारले उठाउन सकेको छैन । 
 
फिल्मकर्मीहरु भने निर्देशिका बनाएर फिल्म प्रदर्शन र निर्माण गर्न दिनुपर्ने आवाज उठाइरहेका छन् । आजको भोली चलायमान हुने क्षेत्र नभएकाले फिल्म क्षेत्र खोल्ने विषयमा सरकार गम्भीर हुनुपर्ने उनीहरुको सुझाव छ । फिल्म निर्माणको कार्य रोकिँदा हजारौं प्राविधिकको रोजीरोटी गुमेको छ । उनीहरुका लागि भए पनि फिल्मको छायांकन सुरु गर्नेपर्ने फिल्मकर्मीहरु बताउँछन् ।
 
फिल्म क्षेत्र खुलेपछि यो क्षेत्रलाई चलायमान बनाउन फिल्म निर्माणको गति बढाउनु प्रमुख चुनौती हुनेछ । यसका लागि अहिलेका चल्तीका कलाकारहरुले पारिश्रमिक घटाउनु पर्ने आवाज उठ्न थालेको छ । पल शाह, स्वस्तिमा खड्का, दयाहाङ राईलगायत यो विषयमा सकारात्मक देखिएका छन् । फिल्म क्षेत्रलाई उठाउन कलाकारले यतिसम्म त्याग गर्नुपर्ने उनीहरुको भनाई छ । 
 
तर, अहिलेका सबैभन्दा महँगा अभिनेता मानिने अनमोल केसी र प्रदीप खड्का पारिश्रमिक कम गर्ने पक्षमा छन् ? केही वर्ष अगाडिसम्म निर्माण हुने फिल्मको बजेट अहिले यी दुई अभिनेतालाई पारिश्रमिकको रुपमा बुझाउनु पर्ने बाध्यता निर्मातालाई छ । उनीहरुले फिल्ममा पारिश्रमिक घटाउने उद्घोष गरे त्यसले फिल्म क्षेत्रमा सकारात्मक सन्देश जाने कतिपयको बुझाई छ । 
 
कतिले उनीहरुलाई सीमित पारिश्रमिक लिएर बाँकी मुनाफामा काम गर्न पनि सुझाव दिएका छन् । लकडाउनपछि गुप्तबास बसेका अनमोल र प्रदीप नयाँ फिल्ममा पारिश्रमिक घटाउने वा मुनाफामा काम गर्ने विषयमा कति उदार र लचक हुन्छन् ?  धेरैको उत्सुकता छ । तर, निर्माता/निर्देशक आफैं उनीहरुको पारिश्रमिक बढाउन हानाथाप गर्ने त होइनन् भन्ने चिन्ता पनि छ । 
Most Visited News (monthly)