Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘केजीएफ २’ मा सञ्जय दत्तको डरलाग्दो लुक्स

एजेन्सी, मुम्बई, 2020/07/29
 
‘केजीएफ’ कन्नड फिल्म इन्डस्ट्रीका लागि माइलस्टोन साबित भएको थियो । लामो समयदेखि दर्शकहरु यो फिल्मको सिक्वेलको प्रतिक्षा गरेर बसेका छन् । कन्नड सुपरस्टार यशको अभिनय गरेको फिल्मको सिक्वेलमा बलिउड सुपरस्टार सञ्जय दत्तको पनि अभिनय छ । यसमा उनी खतरनाक भिलेनको भूमिकामा छन् । बुधवार उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । 
 
बुधवारबाट ६१ वर्षका भएका सञ्जयले आफ्नो जन्मदिनको अवसरमा ट्विट गरेर फिल्ममा आफूले निर्वाह गरेको अधिराको लुक्स सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘यो फिल्ममा काम गर्न पाएकोमा खुसी छु । योभन्दा राम्रो जन्मदिनको उपहार अरु हुनै सक्दैन । धन्यवाद ।’ पोस्टरमा उनको लुक्स देखेर दर्शकहरु चकित परेका छन् । उनी डरलाग्दो लुक्समा देखिएका छन् । 
 
दुई वर्ष अगाडि प्रदर्शनमा आएको ‘केजीएफ’ ले बक्सअफिसमा धूम मच्चाएको थियो । बक्सअफिसमा यसको टक्कर अभिनेता शाहरुख खान स्टारर फिल्म ‘जीरो’ सँग भएको थियो । यसको बावजूद पनि फिल्मले भारतमा लोभलाग्दो व्यापार गरेको थियो । प्रशान्त नीलको निर्देशन रहेको ‘केजीएफ २’ मा सञ्जय र यशका अलावा रवीना टन्डनको पनि प्रमुख भूमिका रहेको छ ।
Most Visited News (monthly)