Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8401 - 8406 of 23766
फिल्मीखबर, काठमाण्डौ, 2020-02-08, शनिवार

सुशील श्रेष्ठ, नेपाली फिल्ममा स्थापित हिरोको परम्परागत मानकभित्र अटाउने अभिनेतामा पर्छन् । अग्लो कद, चकलेटी लुक्स र आकर्षक शरीरका कारण उनलाई डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’ ताका सम्भावना बोकेको अभिनेताको रुपमा लिइएको थियो । यो फिल्म हिट हुँदा अहिलेका हटकेक अभिनेताद्वय अनमोल केसी र प्रदीप खड्कालाई उनी थ्रेट हुनसक्ने विश्लेषण नगरिएको होइन ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-08, शनिवार

‘मिस्टर पर्फेक्सनिष्ट’ को परिचय बनाएका आमिर खान यस्तो अभिनेताको रुपमा चिनिन्छन्, जो हरेक पटक केही अलग र केही नयाँ पेश गर्ने गर्छन् । अहिले उनी नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ को छायांकनमा व्यस्त छन् । यसमा उनी तीन भिन्न अवतारमा देखिँदैछन् । फिल्ममा आमिरलाई शिरमा पगडी, लामो दाह्री र लामो खुल्ला कपालसँगै क्लिन सेभ लुक्समा देख्न पाइनेछ ।

फिल्मीखबर, काठमाडौं, 2020-02-08, शनिवार

अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनले पहिलो पटक स्क्रिन साझेदारी गरेको फिल्म ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । खिल बहादुर गुरुङ निर्देशित फिल्मको गोरखाको मनास्लु क्षेत्रमा छायांकन भएको हो । त्यहाँको प्राकृतिक सुन्दरता टिजरमार्फत् देखाइएको छ । सौगात र दीयाको प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको टिजरबाट अनुमान गर्न सकिन्छ । 

फिल्मीखबर, काठमाण्डौ, 2020-02-07, शुक्रवार

नेपाली फिल्मको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघ, नेपालको रुपन्देही शाखामा सुमन श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा सर्वसम्मत चुनिएका छन् । बिहीवार बुटवलमा सम्पन्न दोस्रो वार्षिक साधारणसभा तथा अधिवेशनबाट उनले दोस्रो पटक चलचित्र पत्रकार संघ रुपन्देही शाखाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-07, शुक्रवार

फिल्म ‘रणवीर’ बाट अभिनयमा डेब्यू गरेकी अभिनेत्री सुपुष्पा भट्टले दोस्रो फिल्मको रुपमा ‘छ माया छपक्कै’ गरिन् । दुवै फिल्ममा उनी सहायक अभिनेत्रीको रुपमा थिइन् । डेब्यू फिल्मले हलमा घुँडा टेके पनि दोस्रो फिल्म भने ब्लकबस्टर सावित भयो । ‘रणवीर’ रिलिज अगाडि अभिनेत्री सुवेच्छा खड्काको छाँयामा परेकी उनी फिल्म रिलिजपछि भने उनको छाँयामा सुवेच्छा परिन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-07, शुक्रवार

फिल्म ‘किस्मत’ पछि झण्डै एक दशक अभिनेता आर्यन सिग्देलले नेपाली फिल्ममा एकछत्र राज गरे । एक समय लभस्टोरी फिल्मका निर्विकल्प अभिनेताको रुपमा आफूलाई उभ्याएका उनले थुप्रै सुपरहिट फिल्म दिएका छन् । उनको टाउको पोस्टरमा देखेको भरमा हलमा दर्शकको भीड लाग्ने जमाना पनि थियो । तर, अहिले उनी एउटा हिट फिल्मका लागि भौतारिनु परेको छ । 

Results : 8401 - 8406 of 23766
Most Visited News (monthly)