Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कता हराइन् ‘मेरी मामु’ की कुशुम ?

फिल्मीखबर, काठमाडौं, 2020/07/29
 
अपबादबाहेक प्रायः युवा-युवतीको ठूलो पर्दामा जम्ने सपना हुन्छ । छोटो समयमा नाम र दाम कमाइने क्षेत्र भएकाले पनि अभिनयतर्फ रुची हुनु स्वभाविक हो । तर, बाहिरबाट देखेजस्तो चकाचक छैन, फिल्म क्षेत्र । फिल्ममा प्रवेश गर्न जति गाह्रो छ, टिक्न त्योभन्दा गाह्रो हुन्छ । वर्षेनी फिल्ममा भविष्य देखेर आउने कतिको सपना अपुरै रहन्छ त कतिको सम्भव पनि भएको छ ।
 
अभिनेत्री कुशुम गुरुङले पनि फिल्म ‘मेरी मामु’ बाट डेब्यू गर्दैगर्दा फिल्म क्षेत्रमा आफ्नो भविष्य सुनौलो देखेकी थिइन् । किनकि, फिल्म प्रदर्शनभन्दा अगाडि उनको चर्चा लोभलाग्दो थियो । सुन्दरताका कारण कतिपयले उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा समेत लिएका थिए । ‘प्रेमगीत’ जस्तो फिल्म बनाएको ब्यानरबाट लञ्च भएकाले उनी सफल हुनेमा निश्चिन्त थिइन् ।
 
प्रायः अभिनेत्रीहरु पहिलो फिल्ममा आमाको भूमिका गर्न चाहँदैनन् । यसले भविष्यमा हिरोइन बन्नका लागि बाटो छेक्ने धेरैको विश्वास छ । तर, कुशुमले अभिनेत्री बन्न सुन्दरता, हाइट, लुक्स सबैले साथ दिँदा दिँदै पनि पहिलो फिल्ममा आमाको भूमिका निभाइन् । यो उनले करिअरप्रति मोलेको ठूलो जोखिम थियो । तर, दुर्भाग्य ! ‘मेरी मामु’ ले उनलाई सफलताको खुसी दिन सकेन ।
 
फिल्मले हलमा घुँडा टेक्यो । समीक्षकले कुशुमको अभिनयको पनि प्रशंसा गर्न सकेनन् । राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिएर फिल्ममा प्रवेश गरेकी उनी ‘मेरी मामु’ पछि गुमनाम झैं छिन् । डेब्यू फिल्म असफल हुँदा उनीमाथि न गिनेचुनेका ब्यानरको आँखा पर्न सकेको छ न त नयाँ ब्यानरले नै पत्याएका छन् । आजकाल कुशुम कता पो छिन् कुन्नी ?
Most Visited News (monthly)