Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 8407 - 8412 of 23766
एजेन्सी, मुम्बई, 2020-02-07, शुक्रवार

साउथ सुपरस्टार विजय इनकम ट्याक्स डिपार्टमेन्टको निशानामा परेका छन् । अहिले ‘मास्टर’ को छायांकनमा व्यस्त रहेको विजयले इनकम ट्याक्सले छापा मारेपछि फिल्मको छायांकन रोकेका छन् । एएनआईको ट्वीट अनुसार, विजय, एक प्रोड्यूसर र फाइनन्सरको मदुरे र चेन्नईका स्थानमा इनकम ट्याक्सको ठूलो रेड परेको छ, जसमा अहिलेसम्म ६५ करोड जफत गरिएको छ । 

फिल्मीखबर, काठमाडौं, 2020-02-07, शुक्रवार

जाडो मौसम सुरु भएपछि आशातित फिल्म प्रदर्शनमा आएका छैनन् । जसकारण नेपाली हलमा विदेशी फिल्मले एकछत्र रजाइ गरिरहेको छ । गएको कात्तिकमा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ पछि आश गरिएका फिल्मले समेत हलमा दर्शक तान्न नसक्दा नेपाली फिल्म क्षेत्र धरासायी हुने अवस्थामा पुगेको छ । फिल्म निर्माण र प्रदर्शन गर्न फिल्मकर्मी डराएको अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, 2020-02-06, बिहिवार

नेपालमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’ नाम सापटी लिएर निर्देशक दीपेन्द्र के. खनालले नयाँ कथामा फिल्म बनाएका छन् । जुन फिल्म आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ । दीपेन्द्र तिनै निर्देशक हुन्, जसले ‘पशुपति प्रसाद’ को कथा लेखन र निर्देशन गरेका थिए । यसकारण पनि ‘आमा’ प्रति दर्शकको अपेक्षा धेरै छ । यो फिल्मको कथा पनि निर्देशक खनालकै हो ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-06, बिहिवार

बैबाहिक जीवनमा बाँधिएपछि प्रायः अभिनेत्रीहरु काम विहीन हुनुपरेका उदाहरण फिल्म क्षेत्रमा धेरै छन् । विवाहपछि अभिनेत्रीको क्रेज घट्ने सोचाइका कारण मेकरहरु फिल्म अफर गर्न डराउँछन् । सन्तानको आमा भएपछि त झन् फिल्ममा अभिनेत्रीको रोलमा काँडेतार नै लाग्छ । बरु, दिदी र आमाको भूमिका अफर हुन थाल्छ । त्यसैले पनि प्रायः अभिनेत्रीहरु विवाह गर्न हतारिँदैनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2020-02-06, बिहिवार

यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको अभिनेता विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ ले प्रिमियरमा नेपाली सेलिब्रेटीहरुबाट सुखद प्रतिक्रिया प्राप्त गरेको छ । बुधवार राजधानीको नयाँ बस पार्कमा सञ्चालनमा आएको आइएनआइ सिनेमाजमा आयोजित प्रिमियरमा उपस्थित फिल्मकर्मीहरुले अभिनेता विपिन कार्कीको अभिनयको मुक्तकण्डले प्रशंसा गरे । 

एजेन्सी, मुम्बई, 2020-02-06, बिहिवार

अभिनेता टाइगर श्राफ र अभिनेत्री श्रद्धा कूपर स्टारर फिल्म ‘बागी ३’ को ट्रेलर सार्वजनिक भएको छ । ६ मार्च अर्थात् नेपाली मिति अनुसार फागुन २३ गतेबाट प्रदर्शन हुने फिल्मको ट्रेलर एक्सन प्याक्ड छ । ट्रेलरमा टाइगर ठूला मेशिन र हेलिकप्टर्सका बीच खतरनाक स्टन्ट्स गर्दै देखिएका छन् । ‘बागी’ सिरिजमा यसपटक दाजु र भाईको भावनात्मक सम्बन्धको कथा बुनिएको छ ।

Results : 8407 - 8412 of 23766
Most Visited News (monthly)