Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोरोनामुक्त भएर घर फर्किए अमिताभ बच्चन

एजेन्सी, मुम्बई, 2020/08/02
 
बलिउड अभिनेता अमिताभ बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसको जानकारी उनी स्वयंले ट्वीट गरेर दिएका हुन् । कोरोनाको संक्रमण देखिएपछि उनी ११ जुलाईमा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । कोरोनामुक्त भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर आइतवार दिउँसो घर फर्किएका छन् । 
 
अभिषेक बच्चनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो पिताको कोरोना टेस्ट नेगेटिभ आएको छ र उहाँ अस्पतालबाट डिस्चार्ज भएर घर फर्किनुभएको छ । अब उहाँले घरमा आराम गर्नुहुनेछ । तपाईंहरु सबैको प्रार्थनाका लागि धन्यवाद ।’ त्यस्तै, अमिताभ बच्चनले पनि आफू अस्पतालबाट डिस्चार्ज भएको बताएका छन् । 
 
उनले ट्वीट गर्दै लेखेका छन्, ‘मेरो कोभिड टेस्ट नेगेटिभ आएको छ । म डिस्चार्ज भइसकेँ । अब म घरमा नै क्वारेन्टाइनमा बस्नेछु । भगवानलाई धन्यवाद छ, आमा-बुबाको आर्शिवाद, मेरो नजिकका साथी र फ्यानको प्रार्थनाले निको भएँ । साथै, नानावती अस्पतालका स्टाफको राम्रो रेखदेखका कारण यो दिन देख्न पाएँ ।’
 
उनका छोरा अभिषेक बच्चनको भने अझै कोरोना रिपोर्ट पोजेटिभ छ । यसको जानकारी दिँदै अभिषेक बच्चनले बताएका छन्, ‘म अहिले पनि कोरोना पोजेटिभ छु र अस्पतालमा छु । एकपटक फेरि मेरो परिवारका लागि लगातार प्रार्थना गर्नुहुने सबैलाई धन्यवाद । म कोरोनालाई जितेर चाँडै फर्किनेछु ।’ 
Most Visited News (monthly)