Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लोकप्रियताको भोकले टिकटकमा पल

फिल्मीखबर, काठमाण्डौ, 2020/08/03
चिनियाँ एप टिकटकले संसारमा धेरैलाई सेलिब्रेटी बनाएको छ । १५ सेकेण्डको गीतको टुक्रामा अभिनय गरेर बनाएको भिडियोबाट लोकप्रियताको शिखर चढ्ने नेपालमा पनि धेरै छन् । अहिले म्यूजिक भिडियोको दुनियाँमा संघर्ष गरेर आएका मोडलभन्दा टिकटकबाट उदाएका अनुहारहरुको बोलबाला छ । आजभोली जो टिकटकमा हिट छ, उसलाई कामको कमी हुन्न ।
 
फिल्ममा जम्न नसकेका कलाकारलाई पनि टिकटक एपले स्टार बनाएको छ । तात्तातो उदाहरण हुन्, रेश्मा घिमिरे । उनले तीन वर्षअघि फिल्म ‘यो साइनो मायाको’ मा लिड अभिनेत्रीको रुपमा अभिनय गरेकी थिइन् । तर, यो फिल्म बक्सअफिसमा पत्तासाफ भयो । यसपछि टिकटक ज्वाइन गरेकी उनी अहिले नेपाली फिल्मका चल्तीका कलाकारभन्दा कम व्यस्त र चर्चित छैनन् । 
 
 
टिकटकबाट अरुले कमाएको फ्यान फलोइंग देखेर अभिनेता पल शाह पनि यो एपको सदस्य भएका छन् । टिकटकमा प्रवेश गरेको केही दिनमा नै उनलाई ६१ हजारभन्दा बढीले पछ्याएका छन् । आफूले अभिनय गरेका फिल्म वा भिडियोको गीतमा अभिनय गरेर उनले टिकटकमा भिडियो बनाइरहेका छन् । उनले बनाएका टिकटक भिडियोलाई दर्शकले रुचाएका पनि छन् । 
 
पलले आफ्नो लोकप्रियताको दायरा बढाउनका लागि टिकटकको सदस्य बनेको स्वीकार गरेका छन् । हालै एक अन्तर्वार्तामा टिकटक प्रवेशलाई लिएर उनले भनेका छन्, ‘म टिकटकमा आउनुको धेरै कारण छन् । मसँग भिडियोमा काम गर्ने कलाकार साथीहरुको टिकटकमा फ्यान फलोइङ र बजारमा डिमान्ड देखेपछि अझै सुनमा सुगन्ध हुन्छ भनेर टिकटकमा आएको हुँ ।’
 
उनको यो अभिव्यक्तिले धेरै कुरा बताउँछ । टिकटकले लोकप्रियता बढाउँछ भन्ने कुरामा धेरै हदसम्म सत्यता छ । तर, आफूलाई म्यूजिक भिडियो र फिल्म दुनियाँमा स्थापित गरिसकेको अभिनेताले अरुको लोकप्रियता र डिमान्ड देखेर टिकटकमा आबद्ध भएको भन्नु आफैंमा हास्यास्पद हो । पलले बुझ्न आवश्यक छ- टिकटकले कलाकारलाई लोकप्रियसँगै सस्तो पनि बनाउँछ । 
Most Visited News (monthly)