Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.25/5.00)
Text size:-
+
-

भुवन केसीको चमचागिरी गर्न मलाई जरुरी छैन : निरुता सिंह

फिल्मीखबर, काठमाण्डौ, 2020/08/02
एक महिनायता ‘महानायक’ विवादमा फिल्म क्षेत्र तातिरहेको अवस्थामा अभिनेत्री निरुता सिंहले शनिवार फेसबुकमा भुवन केसीलाई आफ्नो सपनाको महानायक भनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता उनीमाथि खनिएका छन् । भुवन केसीलाई सम्मान दिने बहानामा राजेश हमालको अपमान गरेको र भुवन केसीको चमचागिरी गरेको भन्दै उनको विरोध भइरहेको छ । 
 
 
यस विषयमा निरुताले आइतवार फेसबुकमा स्टाटस लेख्दै आफूले भुवन केसीलाई महानायकको उपाधि नदिएको र चमचागिरी पनि गरेको बताएकी छन् । राजेश हमाल फिल्ममा आउनुभन्दा अगाडि भुवन केसीका ‘कुसुमे रुमाल’, ‘सम्झना’, ‘साइनो’ फिल्म हेरेको उल्लेख गर्दै उनले ‘मेरो सपनाको महानायक’ शब्दको मतलब दर्शकहरुले नबुझेकै हुन् त भनेर प्रश्न पनि गरेकी छन् । 
 
उनले राजेश हमाललाई आफूले पनि ‘महानायक’ मान्ने बताउँदै लेखेकी छन्, ‘एउटा कलाकारको नाताले के मलाई मेरो अग्रज दाई अनि दिदीहरूलाई सम्मानपूर्वक उपाधि दिने अधिकार पनि छैन र ? मेरो लागि ति सबै अग्रज कलाकारहरू नै महानायक अनि महनायिका हुन्, जसले हाम्रो सानो नेपाली चलचित्र क्षेत्रलाई यहाँसम्म पुर्‍याउनका लागि आफ्नो कलाको योगदान दिनुभएको छ ।’ 
 
उनले आफ्नो लागि राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाहलगायत महानायक र भुवन चन्द, बसुन्धरा भुसाल, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मालगायत महानायिका रहेको बताएकी छन् । कसैलाई सम्मान गरेर महानायक, महानायिका, सुपरस्टार वा मेघास्टारको उपाधि दिनु आफ्नो नितान्त विचार रहेको निरुताको भनाई छ । 
 

 

भुवन केसीको चमचागिरी गरेको भन्ने दर्शकको आरोपमा निरुताले थपेकी छन्, ‘म उहाँहरूलाई भन्न चाहन्छु कि म नेपाली चलचित्रदेखि टाढा रहेको धेरै वर्ष भइसक्यो । अनि मैले नेपाली चलचित्रमा काम गर्नको लागि आज आएर कसैको चमचागिरी गर्नु जरूरी नै छैन ।’ उनले कोरोनाको महामारीको समयमा ‘महानायक’ को विषयमा अल्झिनु राम्रो नभएको पनि बताएकी छन् । 
Most Visited News (monthly)