Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सलिनमानको प्रतिक्षा

फिल्मीखबर, काठमाण्डौ, 2020/08/04
 
फिल्म ‘ए मेरो हजुर २’ बाट स्टारको रुपमा उदाएका सलिनमान बनियाँलाई हेयर स्टाइल र ड्रेसअपका कारण बाँकी अभिनेताभन्दा भिन्न मानिन्छ । उनलाई दर्शकले नेपाली फिल्मको ‘स्टाइलिस अभिनेता’ समेत भन्ने गरेका छन् । प्रेम सम्बन्धको चर्चाले बाक्लै मिडियामा छाइरहने उनी पछिल्लो पटक फिल्म ‘यात्रा’ मा देखिएका थिए । यसपछि उनले नयाँ फिल्म साइन गरेका छैनन् । 
 
‘ए मेरो हजुर २’ मा उनको अभिनयले दर्शक तथा समीक्षकलाई सन्तुष्टि दिन सकेको थिएन । लुक्सको काँध चढेर फिल्म क्षेत्रमा लामो रेसको घोडा बन्न नसकिने भन्दै व्यापक टिप्पणी भएको थियो । ‘यात्रा’ मा भने उनको अभिनयको केही हदसम्म तारिफ भयो । यही कारण हुनसक्छ, गत वर्ष उनले उक्त फिल्मबाट ‘डि सिने अवार्ड’ मा उत्कृष्ट अभिनेताको अवार्ड उचाल्न सफल भए । 
 
‘यात्रा’ रिलिज भएको दुई वर्ष भइसकेको छ । तर, सलिनमानले पर्दामा फर्किन हतार गरेका छैनन् । अफर भएका फिल्महरु अस्वीकार गर्दै बसेका उनी राम्रो स्क्रिप्टबाट प्रस्ताव नआएका कारण फिल्म गर्न नहतारिएको बताउँछन् । उनले ‘यात्रा’ निर्देशक सम्राट शाक्यसँग पुनः टिमअप गर्न लागेको चर्चा पनि चलिरहेको छ । यद्यपि, यस विषयमा दुवैले कुनै जानकारी दिएका छैनन् । 
 
दर्शकले विश्वास गरेका कलाकार फिल्म छनौटमा चुजी हुनु राम्रो कुरा हो । तर, लामो समय पर्दाबाट हराउँदा दर्शकका लागि परिचित अनुहार पनि विरानो बन्न सक्छ । सलिनको अहिले क्रेज छ । माग छ । यो अवस्था सधैं रहँदैन । एक विन्दूमा पुगेपछि यी कुरा उनीबाट उम्कन सक्छ । दर्शकलाई यति लामो समय प्रतिक्षामा राख्दा भोली करिअरलाई नै असर पर्ला कि सलिनमानजी !
Most Visited News (monthly)