Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

म्यूजिक भिडियोमा फ्लप प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2020/08/03
 
‘स्केप’ बाट अभिनय करिअर थालनी गरेका प्रदीप खड्का अहिले नेपाली फिल्मका चल्तीका अभिनेतामध्ये एक हुन् । फिल्म बक्सअफिसमा चलोस् वा नचलोस्, उनी भने राम्रै चलेका छन् । अनमोल केसीपछि महंगो पारिश्रमिक बुझ्ने अभिनेताको रुपमा चिनिएका उनी अभिनीत नयाँ फिल्म ‘प्रेमगीत ३’ प्रदर्शनको पखाईमा छ । उनले केही फिल्म साइन गरेर पनि बसेका छन् । 
 
फिल्म र विज्ञापनमा आफूलाई सीमित राख्दै आएका उनले कोरोनाको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको समयमा म्यूजिक भिडियोमा पनि डेब्यू गरे । ‘प्रेमगीत २’ यता आफ्ना हरेक फिल्मका गीतमा आवाज भर्दै आएका गायक प्रताप दासको स्वरमा रहेको ‘सुनौलो बिहानी फर्किनेछ’ र ‘जय जय नेपाल’ बोलको दुई गीतको भिडियोमा उनले अभिनय गरेका छन् ।
 
‘सुनौलो बिहानी फर्किनेछ’ गीतमा कोरोनाविरुद्ध डटेर लड्न आग्रह गरिएको थियो । ‘जय जय नेपाल’ बोलको गीतमा भने राष्ट्रप्रतिको प्रेमभाव पोखिएको छ । युवापुस्तामाझ राम्रो क्रेज बनाएका प्रदीपले अभिनय गरेका कारण यी दुई भिडियोले यूट्यूबमा उल्लेख्य भ्यूज पाउने धेरैको विश्वास थियो । तर, दुवै गीतको भिडियोले यूट्यूबमा ४ लाख भ्यूज कटाउन पनि सकेका छैनन् । 
 
अचेल सामान्यतयाः करोड भ्यूज प्राप्त गरेका म्यूजिक भिडियोलाई हिट मान्ने गरिन्छ । प्रदीप अभिनीत दुई गीतका भिडियो साढे ३ लाखको आसपासमा अड्किँदा फिल्मवृतमा उनलाई म्यूजिक भिडियो नफापेको र फ्लप मोडलको रुपमा टिप्पणी हुन थालेको छ । एकपछि अर्को फिल्म फ्लप भएर तनावमा रहेका उनलाई म्यूजिक भिडियोबाट पनि ‘हातमा लाग्यो शून्य’ झैँ भएको छ । 
Most Visited News (monthly)