Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अजयलाई रुखो लाग्थ्यो काजोलको स्वभाव

एजेन्सी, मुम्बई, 2020/08/05
 
बलिउडकी अभिनेत्री काजोल देवगन ५ अगस्ट अर्थात् आज आफ्नो ४६औं जन्मदिन सेलिब्रेट गर्दैछिन् । बलिउडमा उनको सफर सन् १९९२ देखि सुरु भएको थियो । करीब २८ वर्षदेखि उनी फिल्म अभिनयमा सक्रिय छिन् । बलिउडले उनलाई नाम र दामसँगै जीवन साथी पनि दिएको छ । जोसँग उनले जिन्दगीको करीब २१ वर्ष विताइसकेकी छन् । उनका श्रीमान् अजय देवगन हुन् । 
 
काजोलले आफ्नो र श्रीमान् अजयको स्वभाव निकै विपरित रहेको बताउने गरेकी छन् । उनी निकै चुलबुले स्वभावकी छिन् भने अजय प्रायः शान्त रहन्छन् । यसका बावजूद उनीहरुको सम्बन्धमा अहिलेसम्म खटपट उत्पन्न भएको छैन र पारिवारिक जीवन निकै राम्रोसँग चलिरहेको छ । तर, के तपाईंहरुलाई यो आदर्श जोडीको प्रेम कहानी कसरी सुरु भएको थियो भन्ने थाहा छ ? 
 
अजय र काजोलको पहिलो भेट १९९५ मा फिल्म ‘हलचल’ को सेटमा भएको थियो । तर, यो फिल्मको सेटमा उनीहरुबीच खासै कुराकानी भएको थिएन । किनकि, उनीहरुको स्वभाव निकै अलग थियो । अजयले एक अन्तर्वार्तामा काजोल रुखो स्वभावको रहेको बताएका थिए । काजोलले भने एक सिनको क्रममा अजयलाई आफ्नो जीवनको महत्त्वपूर्ण हिस्सा मानेकी थिइन् । 
 
‘हलचल’ पछि दुई वर्ष उनीहरुबीच भेटघाट र कुराकानी भएन । त्यसबेला अजय अर्कै युवतीको प्रेममा थिए भने काजोल अर्कै युवकसँग रिलेशनशिपमा थिइन् । केही वर्षपछि उनीहरु एकअर्कासँग नजिकिए र मित्रता हुँदै प्रेमको शिलशिला सुरु भयो । डेढ वर्ष लामो अफेयरपछि उनीहरुले २४ फब्रअरी १९९९ मा लगनगाँठो कसेका थिए । उनीहरुका एक छोरा र एक छोरी छन् । 
Most Visited News (monthly)