Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘परालको आगो’को ‘निम्तो सुपारी’ गीतमा दुई जोडीको नृत्य

फिल्मीखबर, काठमाडौं, 2026/04/10

Saugat Malla, Suhana Thapa, Prakash Saput, Srijana

 

आगामी बैशाख ११ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘परालको आगो’को तेस्रो गीत ‘निम्तो सुपारी’ सार्वजनिक गरिएको छ । युवायुवतीबीचको प्रेम, आकर्षण र नोकझोंकलाई केन्द्रमा राखिएको गीतमा सत्यराज आचार्य र मेलिना राईको स्वर रहेको छ भने संगीत सत्यराज र स्वरुपराज आचार्यले दिएका छन् । शब्द रचना सुरेन्द्र रानाको हो । 

गाउँघरमा परम्परागत शैलीमा हुने विवाहको परिवेशमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा र सिर्जना अधिकारी देखिएका छन् । उनीहरूले भिडियोमा आकर्षक नृत्य प्रस्तुत गरेका छन् । गीतका कोरियोग्राफर रामजी लामिछाने हुन् । भिडियोमा कोरियोग्राफी र छायांकन पक्ष उत्कृष्ट देखिएको छ । 

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा किशोर भण्डारी (डिट्ठासाब), शंकर आचार्य, सरिता भण्डारी, मन्जिला बाँनिया, कुल बहादुर अधिकारी, रेनु न्यौपाने, ज्याक श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । हरिओम सिने मेकर्सका सुशील पोखरेल लगानीकर्ता रहेको फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।

आधुनिक कथाका प्रणेता मानिने गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट प्रेरित भनिएको यस फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ ।