Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बुकी’को पहिलो प्रिमियर जापानमा हुने

फिल्मीखबर, काठमाडौं, 2026/04/15

buki

 

विवश कुमार माझी र मोहन केसीको निर्देशनमा बनेको फिल्म ‘बुकी’को पहिलो प्रिमियर शो जापानमा आयोजना गरिने भएको छ । बुधबार निर्माण पक्षले एक पोस्टरमार्फत जापान प्रिमियरबारे जानकारी दिएको हो । ६ मे (२३ वैशाख)मा जापानको ओसाका सहरस्थित ‘मिनातो कुमिन सेन्टर’मा फिल्मको प्रिमियर हुने पोस्टरमा उल्लेख छ ।

सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सुरक्षा पन्त, देवेन्द्र बब्लु, रोशनी कार्की र प्रकाश घिमिरेलाई प्रस्तुत गरिएको छ । सुरक्षा हातमा ट्रफी उचाल्दै खुसी मुद्रामा देखिएकी छन् । पोस्टरको पृष्ठभूमिमा भने खेलाडीहरू कोर्टसहितको मैदानमा भलिबल खेलिरहेका देखिन्छन्, जसले भलिबल खेल फिल्मको मुख्य कथासँग जोडिएको प्रस्ट पार्छ । 

हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा लक्ष्मीनाथ तिमल्सिना, घनु जोशी, अनु दाहाल, निशा बजगाईं, सन्दीप बाबु लोहनी लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । काठमाडौं, पोखरा र बागलुङको ढोरपाटनमा खिचिएको यो फिल्मले खेलकुद र प्रकृतिबीचको गहिरो सम्बन्धको कथा भन्ने जनाइएको छ । 

यसै वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको फिल्ममा लक्ष्मण सापकोटा, अमिशा काउचा थापा मगर, रमेश थापा निर्मातामा छन् भने कार्यकारी निर्माताहरू प्रकाश आले र राजन केसी हुन् । विकास गन्दर्भको छायांकन रहेको फिल्मलाई भुपेन्द्र अधिकारी र रोहन कुमालले सम्पादन गरेका हुन् । यसमा सुविन सञ्चुरीको पार्श्व संगीत तथा श्याम कुँवरको रंग संयोजन छ ।  

Most Visited News (monthly)