Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनेता रमित ढुंगानालाई मातृशोक

फिल्मीखबर, काठमाडौं, 2026/04/26

ramit dhungana

 

अभिनेता तथा निर्देशक रमित ढुंगानालाई मातृशोक परेको छ । उनकी आमा ज्ञानुदेवी ढुंगानाको आइतबार बिहान ५ बजे ललितपुरको पुल्चोकस्थित सुमेरु सिटी हस्पिटलमा निधन भएको हो । स्वास्थ्यमा अचानक स्वास्थ्य समस्या देखिएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उनी ८८ वर्षकी थिइन् । 

ज्ञानुदेवीको आइतबार दिउँसो काठमाडौंस्थित पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्त्येष्टि गरिने रमित निकट म्यूजिक भिडियो निर्देशक रोजल थापाले जानकारी दिए । अन्त्येष्टिअघि उनको पार्थिव शरीरलाई बिहान १० देखि ११ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिने जनाइएको छ । 

रमित आफ्नी आमासँग निकै नजिक थिए । उनको सामाजिक सञ्जाल हेर्ने हो भने पनि अधिकांश पोस्ट आमासँगका छन् । उनले कहिले आमासँग घुमफिर गरेका त कहिले आमासँग अस्पतालमा खिचेका तस्वीर तथा भिडियोहरू सामाजिक सञ्जालमा राख्ने गरेका थिए । आमाको स्वास्थ्यकै कारण उनले अफर आएका फिल्ममा समेत काम गरेका थिएनन् । 

रमितको कामको कुरा गर्दा उनले पछिल्लो पटक आफ्नै निर्देशनमा फिल्म ‘नमेटिने घाउ’ बनाएका थिए । तर, यो फिल्म व्यावसायिक रुपमा सफल हुन सकेन । अब उनी यस वर्ष अर्को फिल्म बनाउने तयारीमा छन् । स्रोतका अनुसार उनले आफ्नो डेब्यू फिल्म ‘माया नमार’को नाम सापटी लिएर आफ्नै निर्देशनमा नयाँ फिल्म बनाउँदैछन् । 

Most Visited News (monthly)