Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखाको ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा आउने

फिल्मीखबर, काठमाडौं, 2026/04/24

maya vanekai yasto hola

 

अभिनेत्री रेखा थापाको ८ वर्षपछिको निर्देशकीय कमब्याक फिल्म ‘माया भनेकै यस्तो होला’ हरितालिका तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । शुक्रबार निर्माताले एफडी कम्पनी, एप्पल इन्टरटेन्मेन्ट र रिच इन्टरटेन्मेन्टसँग वितरणसम्बन्धी सम्झौता गर्दै प्रदर्शन मितिबारे जानकारी दिएका हुन् । 

नयाँ र पुराना पुस्ताका स्थापित कलाकारहरूको संयोजन रहेको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ, विनोद पौडेल लगायतको अभिनय देख्न सकिनेछ । दिलले यही फिल्मबाट करिब ६ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् ।

पारिवारिक र त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्मका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् । यसमा पत्रकार ध्रुव लम्सालको लेखन रहेको छ । उनी यही फिल्ममार्फत १० वर्षपछि लेखनमा फर्किएका हुन् । यसअघि उनले ‘कन्यादान’, ‘को कस्को’, ‘चिनो’, ‘मन परेपछि’, ‘वरदान’, ‘नतिजा’, ‘जाऊँ हिँड पोखरा’ लगायतका फिल्म लेखेका थिए ।

दीया एण्ड अमु फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा सुदीप बरालको छायांकन तथा प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने पत्रकार राजन घिमिरे को-अर्डिनेटरको रूपमा छन् । फिल्मका प्रमुख सहायक निर्देशक अनिरुद्ध आत्रेय हुन् । यो फिल्मले प्रेमकथाको माध्यमबाट सामाजिक भावना र परिवेशलाई उठान गरेको बताइएको छ ।

Most Visited News (monthly)