Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘लालीबजार’मा प्रकाशको गीत, तर डेढ मिनेटको अंश मात्र सार्वजनिक

फिल्मीखबर, काठमाडौं, 2026/04/24

Swastima Khadka And Prakash Saput

 

वैशाख १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लालीबजार’मा गायक प्रकाश सपूतको गीत समावेश गरिएको छ । प्रकाशको शब्द तथा संगीत रहेको ‘मै राम्री छु त नि’ बोलको गीतको डेढ मिनेट लामो अंश शुक्रबार निर्माता कम्पनी षट्कोण आर्ट्सले युट्युबमार्फत सार्वजनिक गरेको छ । गीतको पूरा अंश भने फिल्ममा मात्र हेर्न पाइने निर्देशक यम थापाले बताए । 

लोकलयमा आधारित यस गीतमा ‘मायालाई के दिऊँ म बैना’की गायिका दीपिका बयम्बू मगरको स्वर रहेको छ भने कोरस भोकल विन्दू बिसी, रन्जिता विश्वकर्मा, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकले दिएका छन् । गीतको भिडियोमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कासहितका कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । 

नथिया प्रथा (कुमारित्व किनबेच)लाई केन्द्रमा राखेर आमा-छोरीको भावनात्मक सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाइएको यस फिल्ममा स्वस्तिमासहित रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, रमेश बादी, तारा शर्मा लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यू गरेका छन् ।

निर्देशक थापाको स्वयंको कथा रहेको फिल्ममा सुशन प्रजापतीको छायांकन, मित्र डी. गुरुङको सम्पादन, यम थापा र प्रदीप भट्टराईको पटकथा तथा संवाद, प्रदीप लामाको कोरियोग्राफी तथा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको संगीत छ । फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता छन् ।

 

Most Visited News (monthly)