मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘मन्त्र’ले थाल्यो प्रदर्शन, मल्टीप्लेक्समा न्यून शो

फिल्मीखबर, काठमाडौं, 2022/04/29
Saugat Malla And Diya Pun
 
अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुन अभिनीत फिल्म ‘मन्त्र’ प्रदर्शनमा आएको छ । करीब ४ वर्ष अगाडि निर्माण भएको फिल्मले शुक्रवारबाट प्रदर्शन थालनी गरेको हो । बुधवार साँझ राजधानीमा भएको प्रिमियरमा सुखद् प्रतिक्रिया बटुलेको फिल्मले दर्शकबाट राम्रो साथ पाउनेमा निर्माण टिम विश्वस्त छ । हिमाली प्रेमकथा भनिएको यस फिल्मलाई मनास्लु क्षेत्रमा खिचिएको हो । 
 
फिल्मले सिंगल थिएटर पर्याप्त पाएको छ । तर, मल्टीप्लेक्समा बलियो उपस्थिति जनाउन सकेको छैन । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले फिल्मलाई जम्मा ९ शो बाँडेको छ । शुक्रवारबाट प्रदर्शनमा आएको दुई बलिउड फिल्म ‘हिरोपन्ती २’ र ‘रनवे ३४’ र दुई हप्ता अगाडिका ‘केजीएफ २’ र ‘ए मेरो हजुर ४’का कारण फिल्मले मल्टीप्लेक्समा कम शो पाएको हो । 
 
डिभाइन इन्टरटेन्टमेन्ट र डिएस प्रोडक्सनले सहकार्य गरेको फिल्मलाई खिल बहादुर गुरुङले निर्देशन गरेका हुन् । फिल्ममा सौगात र दीयाका अलावा बुद्दि तामाङ, नमिता घिसिङ्ग, बिर बहादुर लामा, पासाङ्ग टि शेर्पालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा रविराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठ निर्मातामा छन् ।  
 
फिल्ममा सह-निर्माताको रुपमा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन् । साम्तेन भुटिया, सुनिल नेउरे, परिच्छेद सेनले मिलेर लेखेको फिल्ममा सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, सुजिल कर्माचार्यको पार्श्व संगीत रहेको छ । फिल्म ‘मन्त्र’लाई काठमाडौं बाहिर एफडि कम्पनी र उपत्यकामा काफिया फिल्म्सले वितरण गरेको छ ।