मिति : २०८१ वैशाख ४, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नीर शाहको अवस्था उस्तै

फिल्मीखबर, काठमाण्डौ, 2014/06/29
मुटुमा समस्या आएपछि हस्पिटलको सिसियु कक्षमा रहेका नीर शाहको स्वास्थ्य अवस्थामा खासै सुधार देखिएको छैन । शाह पारिवारका निकट सदस्य कला निर्देशक निर्जल श्रेष्ठले डाक्टरहरुले साँझ अक्सिजन माक्स झिक्ने प्रयाश गरेपनि सो प्रक्रिया असफल भएको बताए ।
 
 
सिसियू कक्षको भेन्टिलेटरबाट शाहलाई मुक्त गरिएको छ तर अक्सिजन विना श्वास प्रश्वास गर्न नसकेपछि डाक्टरहरुले माक्स झिक्न नसकेका हुन् । बाँसबारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा स्वास्थ्य उपचार गरिरहेका शाहको स्वास्थ्य लाभ गर्न दर्जनौं फिल्मकर्मी अस्पताल पुगेका थिए । 
 
 
यसरी भयो शाहको यो अवस्था
 
श्रीमती उषा शाहका अनुसार हिजो शनिबार बिहान ११ बजे राम्रोसंग खाना खाएका शाहको पेटमा केही दिनदेखि समस्या देखिएको थियो । 'पेट फुल्यो भनेर केही दिनदेखि भनिराख्नु भएको थियो । हिजो पनि खाना खाँदा त्यस्तै भनिबक्सेको थियो । त्यसपछि उहाँलाई श्वास फेर्न अचानक अप्ठयारो भएपछि यस्तो भयो', उषाले भनिन् । 
 
फिल्म नगरीका एक खम्बाको रूपमा चिनिएका बरिष्ठ फिल्मकर्मी शाहको यो अवस्था आएपछि सम्पूर्ण उद्योगमा सन्नाटा छाएको छ । चिन्तित रहेका सम्पूर्ण फिल्मकर्मीले शाहको स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तै शुभचिन्तकहरूले पनि सामाजिक संजाल मार्फत स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।