Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 457 - 462 of 23983
फिल्मीखबर, काठमाडौं, 2026-03-17, मंगलवार

गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘लालिमा’की कार्यकारी निर्माता रिना लामाले भावी प्रधानमन्त्री बालेन शाहलाई खुला पत्र लेखेकी छन् । फिल्मले उठाएको यौनकर्मी महिलाको मुद्दालाई सम्बोधन गर्न उनले पत्रमार्फत आग्रह गरेकी छन् । यौनकर्मीहरूले अझै पनि हिंसा, विभेद र सामाजिक बहिष्करणको सामना गरिरहेकाले उनीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएकी छन् ।

फिल्मीखबर, काठमाडौं, 2026-03-17, मंगलवार

राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्म ‘कार्की साइँला’को छायांकन सकिएको छ । धनकुटाबाट छायांकन सुरु गरिएको यो फिल्मको सोमबार बराहक्षेत्रमा अन्तिम दृश्य खिचिएसँगै २१ दिनमा फिल्म प्याकअप भएको हो । एक महिनाको छायांकन तालिका राखिएको भए पनि चुस्त व्यवस्थापनका कारण निर्धारित समयभन्दा ९ दिनअघि नै काम सकिएको निर्देशक बस्नेतले बताए । 

फिल्मीखबर, काठमाडौं, 2026-03-16, सोमवार

निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउँदा कलाकारहरूलाई पनि उल्लेख्य रुपमा समेटेको थियो । त्यसमा प्रकाश सपूतदेखि रिमा विश्वकर्मासम्म परेका थिए । तर, रास्वपाले समानुपातिकतर्फ अत्याधिक मत ल्याउँदा पनि प्रकाश भने सांसद बन्न चुकेका छन् । उनी दलित क्लस्टरतर्फ दोस्रो नम्बरमा थिए ।

फिल्मीखबर, काठमाडौं, 2026-03-16, सोमवार

राम नवमीको अवसर पारेर चैत १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हामी तीन भाइ’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक झण्डै चार मिनेट लम्बाइको ट्रेलरले फिल्मको कथावस्तु र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ । विवाहपछि दाजुभाइबीच पैतृक सम्पत्ति (जग्गा)को भागबन्डालाई लिएर हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ । 

एजेन्सी, काठमाडौं, 2026-03-16, सोमवार

बलिउड सुपरस्टार सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘ब्याटल अफ गलवान’को नाम परिवर्तन गरिएको छ । अब यो फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पीस’ नामबाट रिलिज हुनेछ । सोमबार फिल्मको एक आधिकारिक पोस्टर सार्वजनिक गर्दै नयाँ नामबारे जानकारी गराइएको हो । फिल्ममा ‘मातृभूमि’ बोलको गीत समेत समावेश छ, जुन सार्वजनिक भइसकेको छ ।

फिल्मीखबर, काठमाडौं, 2026-03-16, सोमवार

वसन्त निरौलाको निर्देशनमा बन्न लागेको फिल्म ‘पाँच पाण्डव’को छायांकन सुरु गरिएको छ । सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टामा क्यामेरा र स्क्रिप्ट पूजा गरेसँगै फिल्मको छायांकन थालिएको हो । ४० दिनको छायाकंन तालिका तय गरिएको यो फिल्मको अधिकांश दृश्य झापा जिल्लामा खिचिने जनाइएको छ । 

Results : 457 - 462 of 23983