मिति : २०८२ वैशाख २२, सोमवार

Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 457 - 462 of 22575
फिल्मीखबर, काठमाडौं, २०८१ माघ ३, बिहिवार

यतिबेला देशभरि नै मेला/महोत्सवको रन्को छ । योसँगै कलाकारहरूको व्यस्तता पनि बढेको छ । चलेका गायक/गायिकाहरुलाई त महोत्सवको दौडधुपले गीत रेकर्ड गर्न समेत फुर्सद छैन । राम्रो आम्दानी हुने भएकाले फिल्मका कलाकारहरु पनि बेला-बखतमा मेला/महोत्सवमा उपस्थित भइरहेका हुन्छन् । यतिबेला अभिनेता पल शाह महोत्सवहरुमा सबैभन्दा बढी व्यस्त देखिएका छन् ।

एजेन्सी, काठमाडौं, २०८१ माघ ३, बिहिवार

बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार भएको छ । बिहीबार बिहान साढे २ बजे सैफको घरमा पसेका एक अज्ञात व्यक्तिले उनको गाला, पिठ्यूँ, हात र टाउकोमा चक्कु प्रहार गरेको भारतीय मिडियाले जनाएका छन् । उक्त घटनापछि सैफलाई मुम्बईको बान्द्रामा अवस्थित लीलावती अस्पताल लगिएको थियो । त्यहाँ उनको सर्जरी गरिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ २, बुधवार

शेर्पा समुदायको धर्म र संस्कृतिमा आधारित भएर बनेको फिल्म ‘कार्साङ’को ६ दिनको व्यापारिक आँकडा सार्वजनिक गरिएको छ । बुधबार निर्माण कम्पनी यार्सा फिल्म्सले जारी गरेको एक पोस्टरमा फिल्मको ६ दिनको ग्रस कमाइ १ करोड ४५ लाख उल्लेख छ । यसबाट निर्माताको हातमा बढीमा ५५-६० लाख पर्न सक्छ । ‘स्टारकास्ट’को हिसाबले फिल्मको यो व्यापार अपेक्षित भने होइन ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ २, बुधवार

फागु पूर्णिमा (होली)को अवसर पारेर आगामी फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अञ्जिला’को प्रचारात्मक गीतको रुपमा बुधबार युट्युबमार्फत् ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । यसमा कीर्तिमानी नेपाली गीत ‘कुटुमा कुटु’ जोडीको पार्श्व गायन छ । अर्थात् राजनराज सिवाकोटी र मेलिना राईले स्वर दिएका छन् । गीतमा राजनराज स्वयंको शब्द तथा संगीत छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ २, बुधवार

अचेल फिल्म बनाउनभन्दा प्रचारमा बढी मिहिनेत गर्नुपर्ने अवस्था छ । प्रचारमा पनि नयाँ र फरक शैली अपनाउनुपर्ने हुन्छ, जसले दर्शकको ध्यान आकर्षित गराउन सकोस् । पछिल्लो समय फिल्मका निर्माताहरुले विभिन्न शीर्षकमा प्रतियोगिताको घोषणादेखि मोबाइलजस्ता उपहार योजना अगाडि सारेर फिल्मको प्रचार गरिरहेका छन् । केही हदसम्म यो प्रभावकारी पनि देखिएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८१ माघ २, बुधवार

फिल्म ‘पिताम्बर’मा अभिनेता प्रदीप खड्का पहिलो पटक पूर्ण रुपमा एक्सन भूमिकामा देखिँदैछन् । त्यसको झलक यही सोमबार सार्वजनिक टिजरमा पनि देखिएको छ । एङ्ग्री योङम्यानको रुपमा प्रस्तुत भएका उनलाई काटमारका दृश्यसहित देख्न सकिन्छ । उनलाई एक्सन अवतारमा दर्शकले पनि रुचाएका छन् । युट्युबमा टिजरलाई प्राप्त धेरैजसो प्रतिक्रिया उनकै तारिफमा देखिन्छ ।

Results : 457 - 462 of 22575