Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रियंका र वर्षाले सुरु गरे ‘टिका’को छायांकन

फिल्मीखबर, काठमाडौं, 2026/06/09

tika

 

‘जेरी अन टप’की निर्माता भविष्य खड्काको नयाँ फिल्म ‘टिका’को छायांकन सुरु भएको छ । कास्की जिल्लाको पामे गाउँबाट फिल्मको छायांकन थालिएको हो । ४० दिनको छायांकन तालिका राखिएको फिल्मलाई कास्कीमा मात्रै ३० दिन खिचिने जनाइएको छ । त्यसपछि काठमाडौं लगायतका ठाउँमा छायांकन गरिनेछ । 

महिलाप्रधान भनिएको यस फिल्ममा महेश त्रिपाठी, प्रियंका कार्की, वर्षा सिवाकोटी, निर्मल शर्मा, प्रकाश घिमिरे, रीना ढकाल, विविका पौडेल, आयुषी ढकाललगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । भविष्य फिल्म्स र थर्ड आई आर्ट्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता तेजविक्रम केसी हुन् ।

आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने यस फिल्मलाई शंकर कार्कीले निर्देशन गरिरहेका छन् । फिल्मको कथा शंकर कार्की र चन्दन झाले तयार गरेका हुन् भने पटकथा सुपरभाइजरको जिम्मेवारी विश्वास तिम्सिना (बिटी कान्छा)ले सम्हालेका छन् । नरेन्द्र मैनाली छायाँकार रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटा र केतन क्षेत्रीको संगीत छ ।