Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लक्ष्मी गिरी अभिनीत ‘भागदौड’ असार २६ मा आउने

फिल्मीखबर, काठमाडौं, 2026/06/09

bhagdaud

 

हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘भागदौड’ आगामी असार २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार निर्माताले फिल्मको दुईवटा पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिबारे जानकारी गराएका हुन् । पोस्टरमा फिल्मका प्रमुख कलाकारहरूलाई तनावपूर्ण अवस्थामा प्रस्तुत गरिएको छ, जसले रहस्यमय कथाको संकेत गर्छ ।

विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको फिल्ममा देशभक्त खनाल, लक्ष्मी गिरी, अनिशा श्रेष्ठ, घनश्याम जोशी, विशाल पोखरेल, शेखर चापागाईं, शंकर महर्जन, शारदा राई (सारा), सुवास तिमिल्सिनालगायतका कलाकारहरूको अभिनय देख्न सकिनेछ । फिल्ममा अंगिरा थापा कार्यकारी निर्मातामा छिन् भने सह–निर्मातामा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन् । 

निर्देशक उप्रेतीका अनुसार फिल्मले लोभ, लालच, जालझेल र ठगीमा आधारित मानव जीवनको नैतिक संकटको कथा देखाउनेछ । यसको पृष्ठभूमि काठमाडौंको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङमती र बागमती नदी किनारको आसपासमा केन्द्रित रहेको उनले बताए । फिल्मले दर्शकलाई नयाँ अनुभव दिने उनको विश्वास छ ।

सुप्रिम म्यूजिक एण्ड फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा दीपक बज्राचार्यको छायांकन, प्रविन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत, मिलन नेवार, अस्मिता अधिकारी र प्रल्हाद तिमल्सिनाको गायन तथा दिनेश जंग रानाको भिएफएक्सन रहेको छ । फिल्मको देशव्यापी वितरण दीपक दंगाल नेतृत्वको नेशनल सिने ग्रुप नेपालले गर्नेछ ।